ताप्लेमा बिरामी भएर अलपत्र परेका मजदुरलाई गोरखा नगरपालिकाकी उपप्रमुख बिना श्रेष्ठले गरिने उद्धार

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १० गते, बुधबार ।

गोरखा नगरपालिका–२ ताप्लेबाट बिरामी अवस्थामा एक मजदुरको उद्धार भएको छ ।
खानेपानी आयोजना निर्माणमा संग्लन सल्यानका टेकबहादुर बुढालाई अशक्त अबस्थामा फेला पारेपछि गोरखा नगरपालिकाकी उपप्रमुख बिना श्रेष्ठले उद्धार गरी जिल्ला अस्पताल गोरखा ल्याएकी छिन् । ‘बजार अनुगमनको शिलशिलामा मंगलबार दिउँसो हामी ताप्ले पुगेका थियौं, दयनीय अबस्थामा उहाँलाई फेला पारेयौं,’ उनले भनिन्, ‘अनि हामी गएकै गाडीमा हालेर उपचारका लागि जिल्ला अस्पताल ल्याएका हौं ।’
शरिर भरी घाउ रातो डाबर र घाउ आउने समस्या भएका उनको अहिले जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । ‘उहाँको छाला सम्बन्धी समस्या हो । यसलाई एक प्रकारको एलर्जी भनिन्छ,’ जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘विशेषज्ञ डाक्टरले हेरिरहनु भएको । अब दुई तिन लाग्छ, सुधार हुँदै गएको छ । उहाँलाई घाउको भन्दा पनि घरको चिन्ता छ ।’ टेकबहादुरले बारम्बार आफूलाई सल्यान लगिदिन अनुरोध गरिरहेको उपप्रमुख श्रेष्ठले बताईन् । ‘उहाँको अबस्था बुझ्न म बिहान पनि अस्पताल गएको थिएँ, घरबाट केही खानेकुरा लगिदिएको थिएँ खानुभयो,’ उपप्रमुख श्रेष्ठले भनिन्, ‘जतिबेला पनि मलाई घर नै पठाइदिनु बरु उतै गएर मर्छु भनेर हैरान पार्नु भएको छ । यस्तो अबस्थामा घर पठाउने कुरा पनि त भएन ।’
सामाजिक सेवा इकाइ मार्फत टेकबहादुरको उपचार र उनका दुई जना छोराहरुका लागि खानाको व्यवस्था पनि अस्पतालले मिलाएको छ । मजदुरी गर्नका लागि गोरखा आएका उनी बिरामी परेका हुन् । सरसफाईको कमीका कारण छालाको एलर्जी भएको हुनसक्ने उपचारमा संग्लन चिकित्सकको अनुमान छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *