शहिद लखनको सामुहिक क्वारेन्टिनमा १४ दिन बसेकाहरुको रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइयो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १० गते, बुधबार ।

शहिद लखन गाउँपालिकाले सामुहिक क्वारेन्टिनमा राखेकाहरु १४ दिन पुरा गरी घर फर्किका छन् ।
वडा नंंं. ५ को जलदेवी मा.वि. क्वारेन्टाईनमा रहेका ४ जना, वडा नं. ६ स्थित हिमालय मा.वि.को क्वारेन्टाईनमा रहेका २ जना र रेन्जेली महिला समूहको भवनमा बसेका १ जना गरि कुल ७ जनाले १४ दिनको क्वारेन्टिन अबधी पुरा गरेकाले उनीहरुलाई घर पठाइएको हो ।
बुधबार उनीहरुको ¥यापिड डाइग्नोस्टिक टेष्ट मार्फत परीक्षण गरिएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ देखिएपछि वडा अध्यक्षहरुको रोहवरमा छोडिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।
उनीहरुलाई थप ७ दिन घरमा सुरक्षित रहने गरि बस्ने व्यवस्था सहित पठाइएको वडा नं. ५ का अध्यक्ष यम बहादुर राना मगरले बताए ।
सामुहिक क्वारेन्टाईनमा बस्नेहरुको परीक्षणका लागि २५ वटा कीट जिल्ला स्वास्थ्य कार्यलय गोरखाले उपलब्ध गराएको अध्यक्ष थापाले बताए

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *