पटका पड्काउँदा एक युवकले गुमाए हातका दुई औंला

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १० गते, बुधबार ।

गोरखाको बुंकोटका एक युवकको दुई वटा औंला गुमेको छ । तिहारमा पड्काएर बढि भएको पटका खेलाउने क्रममा एक्कासी पड्किएर शहिद लखन–७ गरञ्जागाउँका २० वर्षीय अनिल थापा घाइते भएका हुन् ।
‘तिहारमा पड्काएर बढि भएको पटका रहेछ, पानीले ओस्एिको छ की छैन् भनेर साँझ चेक गर्न लाग्दा आफै पड्किएछ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीले भने, ‘हातमै पड्किएकाले उहाँको औंलाको टुप्पो गुम्न पुग्यो ।’ थापाको देब्रे हाताका दुई वटा औंलाको टुप्पो चुडिएको एसपी अधिकारीले जानकारी दिए ।
उनको गोरखा सदरमुकाममा रहेको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *