तरकारी आयातमा प्रतिवन्ध लगाएसँगै स्थानीय उपत्पादनको बजार प्रवद्र्धन थालियो ःस्वाँरा र सौरपानीको आलु गोरखा बजार ल्याइदै

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ११ गते, बिहीबार ।

गोरखाका सरोकारवालाहरुले जिल्लामा उत्पादित कृषि उपजको बजारीकरण सुरु गरेका छन् ।
तरकारीको आयातमा प्रतिवन्ध लगाएसँगै जिल्लामा उत्पादित कृषि उपजको बजार प्रर्वद्धन सुरु गरिएको हो । ‘अहिलेको अबस्थामा बाहिरबाट आउने तरकारीलाई केही समय रोकौं र यहीं उत्पादन भएका तरकारीहरुलाई बजार प्रवद्र्धन गरौं भन्ने कुराहरु उठे, त्यसैले बाहिरबाट आउने तरकारी प्रवेशलाई कम गरेका छौं’ कृषि ज्ञानकेन्द्र गोरखाकी प्रमुख मनिता थापाले भनिन्, ‘जिल्ला भित्रै उत्पादन भएका तरकारी गोरखा बजार आउन थालेका छन् ।’ भारत र तराईबाट आएका तरकारीको बोलबाला हुने गोरखा बजारमा अहिले यहीँ उत्पादित तरकारी मात्र बिक्रि हुने गरेको छ ।
गोरखा नगरपालिकाको पहलमा बाहिरबाट आउने तरकारीलाई निरुत्साहित गरिएको हो । ‘यहींका किसानले उत्पादन गरेको तरकारीले बजार नपाउने, बाहिरबाट ल्याउने अबस्थाको अन्त्य गर्नु पर्छ भनेर हामीले तरकारी बोकेर आउने गाडीलाई रोक्न प्रहरी प्रशासनलाई आग्रह गरेयौं,’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘भारतमा कोरोनाको भयाभह स्थिती छ । तरकारीसँगै त्यसको संक्रमण यहाँ फैलन सक्ने खतरा त टरेको छ नै । जिल्लामा उत्पादित तरकारीले र खाद्यन्नले बजार पनि पाएको अबस्था छ ।’
लकडाउनका कारण गोरखामा उत्पादित कृषि उपजले बजार नपाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित पालिकाहरुको समन्वयमा ढुवानीको व्यवस्था मिलाइएको छ । ‘बारपाक सुलिकोट गाउँपालिकाको स्वाँरा र सौरपानीमा उत्पादन भएको आलुले बजार पाएन भन्ने खबर कृषि ज्ञानकेन्द्रमा आयो,’ कृषि ज्ञानकेन्द्र प्रमुख थापाले भनिन्, ‘गोरखा बजारमा भएका व्यवसायी संघहरुसँग समन्वय गरेर एक दुइ दिन भित्र उक्त आलु गोरखा बजार ल्याउने तयारी गरेका छौं ।’ गोरखा बजारका फलफूल तथा तरकारी बिकृता संघ, थोक तथा खुद्रा बिक्रेता संघ, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्ससँग आवश्यक छलफल गरी बजारीकरण गरिएको हो । आलु खेतिलाई विशेष जोड दिएको बारपाक सुलिकोट गाउँपालिकाले त्यहाँ उत्पादित आलु ढुवानीका लागि किसानलाई अनुदान दिने घोषणा गरिसकेको छ । ‘सौरपानी र स्वाँरामा हामीले आलु र प्याज खेतिमा फोकस गरिरहेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भने, ‘सौरपानी १५ सय रोपनीमा आलु खेति भएको छ । जुन खन्न बाँकी छ । अहिले बिक्रि गर्न लागिएको स्वाँराको हो । ’ मागमा आधारित कार्यक्रममा ९ लाख बजेट बिनियोजन गरेको उक्त गाउँपालिकाले सोही रकम मार्फत ढुवानीको प्रवन्ध गर्न लागेको भण्डारीले बताए ।

केहि दिन अघि गण्डकी गाउँपालिकाको भुम्लिचोक र आसपासका किसानले बजार नपाएको भन्दै करोडौं काक्रो बारीमै फालेका थिए । ‘लकडाउनका कारण गोरखामा उत्पादित तरकारी तथा अन्य कृषि उपजले बजार नपाएपछि कतिपय ठाउँमा बारीमै नष्ट गर्नु पर्ने अबस्था आयो,’ उनले भनिन्, ‘अब त्यस्तो अबस्था रहदैन हामीले आवश्यक समन्वय गरिरहेका छौं । गण्डकी गाउँपालिकाको घ्याल्चोक क्षेत्रबाट पनि ट्रक मार्फत रेगुलर काठमाण्डौको कालिमाटीमा तरकारी लैजाने व्यवस्था मिलाइएको छ ।’ अहिले बाहिरबाट आउने तरकारी रोकिएकाले जिल्लामा उत्पादित कृषि उपज बिक्रिका लागि कुनै समस्या नरहेको थापाको भनाई छ । यदी कहीं कतै समस्या भए सम्बन्धित स्थानीय तह र व्यापारीहरुसँग समन्वय गरी बजार प्रर्वद्धन गर्न सकिने कृषि ज्ञानकेन्द्रले बताएको छ
लकडाउनका कारण विश्वको अर्थतन्त्र डामाडोल भएको छ । नेपालको अर्थतन्त्रको मुख्य हिस्सा मध्ये एक कृषि क्षेत्र पनि कोरोना भाइरसको संक्रमणका लागि गरिएको लकडाउनको मारमा परेका छ । पूर्वाधार बिकासका सबै काम ठप्प भएका छन् । सरकारले अधिकाश कार्यालयहरुको सम्झौता हुन बाँकी बिकास बजेट रोकिसकेको छ । सोही अनुरुप कृषि ज्ञानकेन्द्र मार्फत सञ्चालन हुने योजना र कार्यक्रम पनि प्रभावित भएको छ । ‘सम्झौता नभएका योजना र कार्यक्रम बजेट रोक्का भइसकेको छ,’ उनले भनिन्, ‘तर हामीले लकडाउन हुनु भन्दा पहिले नै धेरै कार्यक्रमको सम्झौत गरी अगाडी बढाइसकेको अबस्था थियो । त्यसमा पैसाको अभाव हुदैन्, ती योजनाहरुलाई समयमै सपन्न गर्न हामी लागि परेका छौं । आवश्यक निर्माण सामाग्रीको व्यवस्था र ढुवानीका लागि पनि कार्यालयले पहल गरिरहेको छ ।’
गोरखामा भने कतिपय कृषक एवं समूहले लकडाउन पूर्व नै सम्झौता गरी काम सुरु गरिसकेका छन् । त्यस्तोको हकमा भने स्रोत सुनिश्चित भएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । लकडाउनको पालन गरी सामाजिक दुरी कायम गरेर कृषि क्षेत्रमा काम गर्न कार्यालयले सबैलाई आग्रह गरेको छ । ‘बाहिरबाट ल्याएको खानेकुराले मात्र हाम्रो भुँडी भरिदैन भन्ने गतिले उदाहरण फेरी लकडाउनले दिएको छ,’ उनले भनिन्, ‘यो अबसर पनि हो । मलाई खुसि पनि लागेको छ । कतिपय सिरु फुलेका बारीहरु खनेर खेति लगाउन सुरु भएको छ । आफ्नो जमिन जो सकेको खेतिपाती गरौं बाँझो नराखौं ।’
यदी कृषि उत्पादनमा जोड नदिने हो भने कोरोना भाइरसले भन्दा ठूलो महामारी भोकमरीले ल्याउने सक्ने थापाको भनाई छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *