कोरोना भाइरसले सरसफाइमा ल्याएको जागरण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

गरिमा न्यौपाने
सार्स कोभ–२ नामक भाइरसको कारणबाट लाग्ने कोभिड–१९ नामक रोगबाट अहिले पूरा विश्व आक्रान्त छ ।
यो रोगबाट लाखौंको संख्यामा मानिसको ज्यान जानू र सम्पुर्ण विश्व अर्थतन्त्र नै धराशायी हुनु आफैंमा अत्यन्त दुखद कुरा हो । कुनै पनि महाविपत्ती घण्टी बजाएर नआउने हुनाले हामी सधैं तयारी अवस्थामा रहनुपर्ने सन्देश अहिलेको अवस्थाले हामिलाई दिएको छ । ढिलोचांडो हामिले यो प्रकोपबाट मुक्ती पाउनेछौं तर यो प्रकोपले सरसफाईका निम्न पक्षहरूमा ल्याएको जनचेतना निकै नै महत्वपुर्ण रहनेछ ।
१) हात धुने ः खाना खानुअघि, खाना खाएपछी, चर्पी प्रयोग गरिसकेपछी, खेलेर आएपछी साबुन पानीले मिचिमिची हात धुनुपर्ने कुरा नौलो हैन तर हामिले कतिपय अवस्थामा यो सामान्य कुरालाई अवमूल्यन गरिरहेका थियौं। कोभिड–१९ को यो प्रकोपले हात धुने कार्यलाई हाम्रो प्राथमिकता बनाउन ठूलो भुमिका खेलेको छ । साबुन पानी भएको ठाउँमा मिचिमिची छ चरणमा हात धुने र नभएको ठाउंमा अल्कोहल भएको स्यानीटाइजर प्रयोग गर्ने बानिले हामी कोभिड–१९ मात्र हैन हैजा, आउंजस्ता रोगबाट पनि वचन सक्छौं।
२) मास्क लगाउने ः नेपालमा मास्कको चलन ठुला शहरहरूमा धुलो र धुँवाबाट बच्नको लागि प्रयोग गरेको पाइन्छ । श्वासप्रश्वासको माध्यमबाट सर्ने विभिन्न रोगहरू जस्तै कोभिड–१९, क्षयरोग आदिबाट वचन मास्कले महत्वपुर्ण भूमिका खेल्छ । भिडभाड हुने ठाउँहरू, सार्वजनिक यातायात, बिरामिको हेरचाह, अस्पताल परिसर जस्ता ठाउंहरूमा मास्क लगाउनुपर्छ । साथै मास्क लगाउंदा मुख र नाक पुरै छोपिने गरि लगाउने र जथाभावी मास्कलाई नछुने, मास्क निकाल्दा पनि कानपट्टिको भाग मात्र प्रयोग गर्ने र मास्कलाई सुरक्षित स्थानमा डिस्पोज गर्नुपर्छ ।
३) जथाभावी नछुने ः कतै जाँदा, मलहरूमा घुम्दा हाम्रो जथाभावी छुने बानी हुन्छ । यदि उक्त ठाउँमा संक्रमित व्यक्तिले संक्रमण सारेको छ भने हामिलाई रोग लाग्न सक्छ । त्यसैले आवश्यक बाहेक जथाभावी ठाउँमा नछुने र यदि छोइहाले पनि सोही हातले अनुहारमा नछुने र बाहिर गएर आइसकेपछी हात धोइहाल्ने बानी गर्नुपर्छ ।
४) सफा रहने ः नियमित नुहाउने, ब्रस गर्ने, मुख धुने कुराहरू सामान्य सरसफाई अन्तर्गत पर्दछन। यस्तो प्रकोपको घडिमा त यो झन महत्वपुर्ण हुन्छ । औसतमा एक जना व्यक्तिले आफ्नो अनुहारमा एक घण्टामा २३ पटक हातले छुने गरेको पाइएको छ । अझ आनन्द आउने गरि आँखा मिच्ने, नाक कोट्याउने गर्नाले किटाणुहरू आँखा र नाकको म्युकस मेम्ब्रेन्बाट शरिरमा प्रवेश गर्छन । त्यसैले यी बानी गर्नुहुँदैन ।
५) हात नमिलाउनेस् साथिसंगी भेट्दा हामी हात अगाडि बढाइहाल्छौं। हातबाट सरेको संक्रमण मुख र नाक हुँदै शरिरमा पुग्न समय नै लाग्दैन । त्यसैले हाम्रो प्राचीन कालदेखी चलिआएको नमस्कार गर्ने बानी धेरै राम्रो हो । हात हल्लएर पनि अभिवादन गर्न सकिन्छ ।
६) अंकमाल नगर्ने ः अंकमाल गर्दा हामी एक अर्काको धेरै नजिक हुने हुनाले संक्रमित व्यक्तिको श्वासबाट हामिमा संक्रमण सर्ने सम्भाव्यता अधिक हुन्छ । अझ कति पश्चिमा संस्कृतिमा चुम्बन गर्ने चलन पनि छ । मुखको म्युकस मेम्ब्रेन र नाकबाट किटाणुहरू शरिरमा प्रवेश गर्छन । त्यसैले यो बानिलाई निरूत्साहित गर्नुपर्छ ।
माथी उल्लेखित बानिहरू कोभिड–१९ मात्र नभई अन्य विभिन्न सरोवा रोगको नियन्त्रणमा धेरै नै प्रभावकारी हुन्छन । त्यसैले यी बानिहरूलाई हाम्रो दैनिक जिवनमा अवलम्बन गर्नुपर्ने देखिन्छ । कोभिड–१९ को प्रकोपले सरसफाईका यी विविध पक्षलाई अझ सुदृढ र सशक्त ढंगबाट व्यवहारमा उतार्न जागरण ल्याएको छ । आशा गरौं कोभिड–१९ को यो महाविपत्तिबाट विश्व छिटै मुक्त होस। यो अभियानमा हामी सबैले आ–आफ्नो स्थानबाट सहयोग गरौं ।
(लेखक–जनस्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत छिन् ।)

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *