श्रीनाथकोटका १५० घरमा साबुन वितरण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १४ गते ।
सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटका १५० घर धुरीमा साबुन वितरण गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सहयोग पु¥याउने उदेश्यले स्थानीय जनसिर्जनशिल ग्रामिण युवा क्लवले साबुन वितरण गरेको हो ।


संस्थाका अध्यक्ष रामचन्द्र पाण्डेको नेतृत्वमा उपल्लो श्रीनाथकोटका सबै घरधुरीमा साबुन वितरण गरिनुका साथै विभिन्न सचेतनामुलक कार्यक्रम समेत गरिएको स्थानीय बिनोद पाण्डेले जानकारी दिए । उक्त संस्थाले हरेक घरमा पुगेर सरसफाई सम्बन्धी अभिमुखीकरण समेत गराएको छ । सिरानचोक गाउँपालिकाले विभिन्न रचनात्मक काम गरी कोरोना भाइरस नियन्त्रणको विरुद्धको अभियान सञ्चालन गरिहेको छ ।


हरेक गाउँटोलमा गठन भएका कोरोना प्रतिकार्य समितिले विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी सेचनामुलक कार्यक्रमहरु सञ्चालन गरिहरहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *