संघिय सरकारले आफ्ना नागरिक ल्याउन नदिएको भन्दै सिरानचोक गाउँपालिकाद्धारा दुःख प्रकट (विज्ञप्ती सहित)

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १६ गते, मंगलबार ।
लामो समय देखिको लकडाउनका कारण विचल्लीमा परेका सिरानचोकबासीलाई गाउँ ल्याउने प्रयास असफल भएको छ । गाउँपालिकाको निर्णय र जिल्ला प्रशासन कार्यालय गोरखाको स्वीकृतीमा काठमाण्डौमा रहेका तीन सय जनालाई घर ल्याउन लागिएको थियोे । स्वास्थ्य परीक्षण गराएर सुरक्षित किसिमले आफ्ना नागरिक ल्याउन खोज्दा पनि सरकारले रोकेको भन्दै गाउँपालिकाले दुखः व्यक्त गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष राजु गुरुङले सर्वोच्च अदालतको आदेश विपरित संघिय सरकारले नागरिकलाई आफ्नो घर फर्कन नदिनु खेदपूर्ण कार्य भएको दाबी गरेका छन् ।
‘हाल अर्को सूचना जारी नभएसम्म घर आउन चाहने मानुभावहरुलाई केही समय धर्यधारण गरी काठमाण्डौमा बसिदिनु अनुरोध गर्दछु । काठमाण्डौंमा रहेर अति समस्यामा परेका विद्यार्थी, कामदार र सामान्य व्यवसायी, भाडामा बस्ने मानुभावहरुलाई सिरानचोक गाउँपालिका वडा कार्यालयको सिफारिसमा काठमाण्डौंमा रहनु भएका समन्वय समितिका सदस्य मार्फत राहतको व्यवस्थापन गरिनेछ ।’ विज्ञप्तीमा भनिएको छ ।


गाउँपालिकाले आफ्नो निर्णय बमोजिम काठमाण्डौंमा रहेका सर्वसाधरणलाई घर ल्याउने प्रक्रियामा निरन्तर लागि रहने प्रतिवद्धता समेत व्यक्त गरेको छ । काठमाण्डौंमा रहेका सर्वसाधरण लिन सिरानचोक गाउँपालिकाले पठाएका ८ वटा यात्रुबाहक बस धादिङको गजुरी प्रहरी चौकीले फिर्ता पठाइदिएको थियो । स्वास्थ्य जाँच गराएर घर आउनका लागि बिहान ६ बजे देखि ग्रिनसिटी अस्पतालमा भेला भएका ३०० जना सर्वसाधरण निराश भएर वासस्थानमा फर्किएका छन् ।
आफ्ना नागरिकलाई ल्याउने शिलशिलामा काठमाण्डौं भन्दा बाहिरका सवारी साधन रोकेर संघिय सरकारले सिण्डिकेटलाई प्रश्रय दिएको सिरानचोक गाउँपालिकाको गुनासो छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *