खोजखबर
गोरखा, बैशाख १७ गते, बुधबार ।
गोरखा क्याम्पसले अनलाइन कक्षा सुरु गरेको छ । लकडाउनका कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको भन्दै बुधबारबाट सुरु गरिएको हो ।
‘गत बैशाख १२ गते रजिष्ट्रार कार्यालयले जारी गरेको सूचना बमोमिज आजबाट हामीे अनलाइन कक्षा सुरु गरेका छौं,’ सहायक क्याम्पस प्रमुख बालक देवकोटाले भने, ‘लकडाउनका कारण विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । अब अनलाइन क्लासबाट कन्टिन्यूटि हुन्छ ।’
विद्युतिय माध्यम अनलाइलनबाट गरिने कक्षा संचालन सम्बन्धि निर्देशिका २०७७ अनुसार कक्षा सञ्चालन हुन क्याम्पस प्रशासनले जनाएको छ । ‘आजबाट हामीले स्नातकोत्तर तहको सेमेष्टर प्रणालीमा आधारित सबै विषयको कक्षा संचालन गरेको छौं,’ उनले भने, ‘अबस्नातक तहको पनि छिटै कक्षा संचालन हुन्छ ।’
कक्षा संञ्चालनका लागी सहायक प्रमुख देवकोटाको संयोजकत्वमा पाँच सदस्यिय अनलाइन कक्षा सेल समेत निर्माण भएको छ । अनलाइन कक्षा सञ्चालनमा प्राध्यापक तथा विद्यार्थीलाई अभिमुखिकरण तालिम समेत दिइएको गोरखा क्याम्पसले जनाएको छ ।
लकडाउनका कारण लामो समय देखि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै केही निजि विद्यालयहरु पनि अनलाइन कक्षा सुरु गरेका थिए । तर सबै विद्यार्थीहरुको इन्टरनेटमा पहुँच नभएको गुनासो आएपछि गोरखा नगरपालिकाको निर्देशनमा बन्द गर्न निर्देशन दिएको छ । अन्य शिक्षण संस्थाले भने अहिलेसम्म अनलाइन कक्षा सुरु गरेका छैनन् ।