मकैबारीमा खेल्दै गरेको अबस्थामा डमरु भेटिए

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १८ गते ।
गोरखाको आँपिपलमा दुई वटा डमरु (चितुवाको वच्चा) भेटिएका छन् ।
पालुङटार नगरपालिका दुई आँपपिपलको रातडाँडा गाउँ नजिकै मकैबारीमा खेल्दै गरेको अबस्था चितुवा भेटिएको स्थानीय सुबास घिमिरेले जानकारी दिए ।

बस्ती नजिकै रहेको ओढारमा छोडेर माउ आहार खोज्न गएका बेला डबरुहरु निस्किएको हुन सक्ने स्थानीयको अनुमान छ । डमरु फेला परे पछि स्थानीय डिभिजन वन कार्यालय गोरखामा खबर गरेका थिए ।


करिव दुई महिनाका ती डमरुलाई डिभिजन वन कार्यालयले बिहीबार उद्धार गरेको हो । वन कार्यालयको टोलीले उनीहरुलाई बस्तीबाट केही पर रहेको ओढारमा लगेर छोडेका छन् ।

तस्बिर ः सुबास घिमिरे ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *