रोल्पामा बेबारिसे बम पड्किएर चार बालकको ज्यान गयो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १८ गते ।
बेबारिसे अबस्थामा फेला परेको बम खेलाउँदा रोल्पामा चार बालकको मृत्यु भएका छ ।
त्रिवेणी गाउँपालिका ७ का बालबालिकाहरुले खेलाएको बम एक्कासी पड्किएपछि उनीहरुको ज्यान गएको हो ।
घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको छ ।

बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले जानकारी दिए ।
बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको गाउँपालिकाअध्यक्ष शान्तकुमार ओलीले बताएका छन् ।
बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको हो ।

बिहीबार साँझसम्म रोल्पाको जुँगारबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थलमा पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *