गोरखामा स्थानीय तहको सिफारिसमा निर्माण सामाग्री ढुवानी गर्न दिइने

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १८ गते ।
लकडाउनका समयमा पनि बिकास निर्माण गर्न दिने सरकारले निर्णय गरेसँगै गोरखामा आवश्यक गृहकार्य सूरु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले ११५ भन्दा बढि आयोजना निर्माणका लागि स्वीकृती दिइसकेको छ । विकास निर्माण काम सहज बनाउन विषयमा प्रशासनले बिहीबार जिल्लाका सरोकारवालाहरुसँग छलफल गरेको छ । जिल्ला प्रशासन भएको बैठकलले योजना सञ्चालन गर्ने कार्यालय र सम्बन्धित पालिकाको सिफारिसको आधारमा सवारी पास जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।


त्यस्तै निर्माण सामग्री(हार्डवेयर) का व्यवसायीले गोदाममा मौजुदा सामग्री विक्री गरिसकेपछि थप ओसार पसारका लागि सहज वातावरण बनाउने पनि निर्णय भएको छ । गोरखा उद्योग वाणिज्य संघ र गोरखा च्याम्बर अफ कमर्शको सिफारिसको आधारमा निर्माण सामग्री ओसारपसारका लागि पटके पास जारी गर्ने निर्णय भएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिए ।
यसअघि योजना सञ्चालन गर्ने कार्यालयको सिफारिसको आधारमा मात्र सवारी पास जारी गर्ने निर्णय भएपछि निर्मााण व्यवसायीहरु असहमती जनाएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *