नागढुंगामा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने कार्की पक्राउ

Share on Your Social Media
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

खोजखबर
गोरखा, जेठ ४ गते ।
स्वास्थ्यकर्मीलाई दुव्र्यहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । वागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई नागढुंगा नाकामा स्वमसेवकको भूमिका निर्वाह गरिहेका उत्तम कार्कीले दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा उनलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाइएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै उनले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *