बाँकेका युवकको पनि कोरोना संक्रमबाट मृत्यु भएको पुष्टि

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, जेठ ४ गते ।
आइतबार बिहान निधन भएका युवकको मृत्यु पनि कोरोना भाइरसबाटै भएको पुष्टि भएको छ ।
बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकको स्वाब कोरोना पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत पुष्टि गरेका हुन् ।
छिमेकी मुलुक भारतबाट बैशाख ३० गते नेपाल आएका उनी क्वारेन्टिनमा बस्दै आएका थिए । स्वासप्रश्वासमा समस्या भएपछि आइतबार विहान ६ः४० बजे मृत्यु भएको थियो । योसँगैनेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *