खोजखबर
गोरखा, जेठ ४ गते ।
लकडाउनको अबधि १५ दिन थप्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन सरकारलाई सुझाव दिएको छ ।
देशभर संक्रमणको दर बढेको र मृत्यु समेत हुन थालेकोले तत्काल लकडाउन खुकुलो पार्नु नहुने निष्र्कष समितिले निकालेको छ ।
समितिको प्रतिवेदनका आधारमा मन्त्रीपरिपष्को बैठकले लकडाउनको अबधि थप गर्ने एक मन्त्रीले बताएका छन् । लकडाउनलाई थप कडा बनाउन सिफारिस गरिएको छ । समितले परीक्षणको दायरा र स्वास्थ्यकर्मीको मनोबल बढाउने निर्णय समेत निर्णय गरेको छ ।
चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ । विभिन्न चार चरणमा लकडाउन थप गरिसकिएको छ ।
सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन तयारी छ ।