तीन कोराना संक्रमित थपिए, कुल संख्या तीन सयको आंकडा नजिक

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, जेठ ४ गते ।

नेपालमा कोरोना संक्रमतिको संख्याले तीन सयको आकंडा नजिक पुगेको छ । आइतबार साँझ फेरी तीन जना नयाँ संक्रमित फेला परेका छन् ।
विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमति हुनेहरुमा विराटनगरका २९ र ३६ वर्षका पुरुष र धनकुटामा ३४ वर्षीय महिला रहेका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *