गोरखामा लकडाउन केही खुकुलो ः बैंक वितिय संस्था हप्तामा दुई दिन खुल्ने, खाद्यन्न र निर्माण समाग्री ढुवानीको लागि समय सिमा निर्धारण (निर्णयको पूर्णपाठ सहित)

Share on Your Social Media
  • 51
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

खोजखबर
गोरखा, जेठ ५ गते ।
गोरखामा फेरी लकडाउन केही खुकुलो हुने भएको छ । देशभर संक्रमणको दर बढेपछि गत जेठ १ गतेबाट अत्यावश्यक बाहेकका सबै सेवा ठप्प गरिएको थियो । सोमबार जिल्ला प्रशासनमा बसेको सरोकारवालाहरुको बैठकले लकडाउनको समिक्षा गर्दै केही नयाँ निर्णयहरु गरेको प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिएका छन् । बैठकले यस अघि ठप्प पारिएको ढुवानी सेवालाई सञ्चालन गर्न दिने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म खाद्यन्न,तरकारी,पशुपन्छिका दाना,कृषि सामग्री, मल वीउवीजन ढुवानी गर्न दिने बताइएको छ । अत्यावश्यक र वर्खाले क्षति पु¥याउन सक्ने बिकास निर्माणका योजनाहरुमा निर्माण सामाग्री ढुवानीका लागि पनि सोही समय र प्राबधान तोकिएको छ । पशुजन्य सामाग्री ढुवानीका लागि भने हरेक दिउँसो ३ बजे देखि ६ बजेसम्मको समयसिमा निर्धारण गरिएको छ । सम्बन्धित स्थानीय तह र भेटनेरी अस्पताल तथा पशु विज्ञसेवा केन्द्रका सिफारिसका आधारमा आवश्यक कागजात सहित यस्ता सवारी साधनलाई पनि सञ्चालनको अनुमती प्रदान गर्ने निर्णय भएको छ । मल बिऊ र कृषि उत्पादन ढुवानीका लागि दिउँसो ३ बजे देखि भोलिपल्ट बिहान ६ बजेसम्मको लागि समय छुट्याएको छ । त्यसको लागि पनि सम्बन्धि पालिका र कृषि ज्ञानकेन्द्रको सिफारिस अनिर्वाय गरिएको छ । तर सवारी साधनमा तुल ब्यानर राखी १ जना चालक र १ सहचालक बाहेक अन्य राख्न नपाउने व्यवस्था गरिएको छ ।
यस अघि ठप्प पारिएको बैंक तथा वित्तिय संस्था हप्तामा दुई दिन मंगलबार र शुक्रबार सञ्चालन हुने भएका छन् । सम्बन्धित स्थानीय तह र सुरक्षा निकायको समन्वयमा बिहान १० बजे देखि दिउसो ४ बजेसम्म बैंक सञ्चालनमा आउने छ । बैंकहरुले सामाजिक दुरी कायम गरी टोकन प्रणालीमा सेवा दिनु पर्नेछ ।
अन्य सवारी पास र आवातजावतको सन्र्दभमा भने पहिलेकै व्यवस्था कायम रहने भएको छ । देश तथा विदेशबाट अनाधिकृत रुपमा जिल्ला प्रवेश गर्नेहरुलाई नियन्त्रणमा लिइ चेक जाँच गर्ने र १४ दिनसम्म सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राख्ने समेत निर्णय भएको छ ।
यस्ता छन बैठकका निर्णयहरु ः

निर्णय नं.

कोरोना भाइरस Covid-19 को संभावित संक्रमणको जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सन्दर्भमा जिल्ला भित्र भए गरेका क्रियाकलापहरुको समिक्षाका साथै यस भन्दा अगाडीका बैठकको निर्णयहरु कार्यान्वयनको समेत समिक्षा गरियो ।

निर्णय नं.२               

देशका विभिन्न भू- भागमा Covid-19 को संक्रमणमा लगातार वृद्धि भइरहेको र मिति २०७७।०२।०४ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी लकडाउनको समयअवधि २०७७ जेष्ठ २० गतेसम्म थप गरिएको सन्दर्भमा जिल्लाभित्र हुनसक्ने संभावित संक्रमणको जोखिम न्यूनीकरणको लागि  भोलि मिति २०७७।२।६ देखि लागु हुने गरी हाललाई मिति २०७७।०२।२० सम्म देहाय अनुसार गर्ने गराउने निर्णय गरियो ।

  • अति आवश्यक अवस्थाका लागि मात्र जिल्ला भित्र हुने खाद्यन्न,तरकारी,पशुपन्छिका दाना,कृषि सामग्री, मल वीउवीजन ढुवानी गर्न सम्बन्धित पालिका प्रमुखको सिफारिस, ढुवानी गर्ने सम्बन्धित उद्योग/पसल/संस्था/फर्मको दर्ता प्रमाणपत्र, सवारी साधनको कागजात र उद्योग वाणिज्य संघवा च्याम्वर्स अफ कमर्स मध्ये कुनै एकको सिफारिस सहित साधनको अगाडि सम्बन्धित ढुवानी विषयको तुल,व्यानरराखी चालक र सहचालक १/१ जना गरी दुई जना सवार भई जिल्लाभित्र वेलुका ६:०० बजेदेखि विहान ६:०० बजेसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने ।
  • जिल्लामा अत्यावश्यक विकास निर्माणका योजनाहरु संचालनभइरहेको सन्दर्भमाअतिआवश्यक निर्माणधीन वर्षा अगावै सम्पन्न गर्नुपर्ने योजनाहरु सम्बन्धित पालिका तथा योजना संचालन गर्ने कार्यालयले प्राथमिकिकरण गरी  निर्माण सामग्री( ढुंगा, गिटि,वालुवा, रडलगायत निर्माण जन्य सामग्रीहरु) ढुवानीको लागि प्रयोग हुने ट्रक, ट्रिपर र ट्याक्टर जस्ता सवारी साधनबाट सम्बन्धित योजना संचालन गर्ने संस्थाको सिफारिस, सम्बन्धित पालिका प्रमुखको सिफारिस,व्यवसायीको कागजातसहित साधनको अगाडि सम्बन्धित ढुवानी विषयको तुल, व्यानर राखी चालक र सहचालक १/१ गरी दुई जना मात्र सवार भई वेलुका ६:०० बजेदेखि विहान ६:०० बजेसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने ।
  • तत्काल उपचार आवश्यक परेको भनि स्वीकृत चिकित्सकबाट रिफर भएको विरामी बोकेको एम्वुलेन्स, दुर्घटनामा परि तत्काल उपचार आवश्यक परेको घाइते बोकेको सवारी साधन, लास एवं मलामी ,कृयापुत्रि सवार सवारी साधन,सुरक्षाकर्मी सुरक्षा अधिकारी जिल्लामा कार्यरत स्वास्थ्यकर्मी,प्रेस पास भएको संचारकर्मी तथा वडाध्यक्ष वा सो भन्दा माथिका जनप्रतिनिधि वा सवारी साधनलाई बाहेक जिल्ला भित्र वाहिर गर्न रोक लगाउने  यस भन्दा अगाडि बसेको बैठकको निर्णयलाई निरन्तरता दिने ।
  • पशुपन्छिजन्य सामग्री अन्तर जिल्ला ढुवानीको लागि सम्बन्धित पालिका र  भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस सहित सम्बन्धित उद्योग/पसल/सप्लायर्स/फर्मको दर्ता प्रमाणपत्र संलग्न राखी चालक र सहचालक १/१ गरी दुई जना मात्र सवार भई दिउसोँ ३:०० बजेदेखि वेलुका  ६:०० बजेसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने ।
  • रासायनिक मल,वीउवीजन लगायत कृषि जन्य सामग्री जिल्ला बाहिरबाट ढुवानी गर्नुपर्ने भएमा ढुवानीको लागि सम्बन्धित पालिका र कृषि ज्ञान केन्द्रको सिफारिस सहित सम्बन्धित उद्योग/पसल/सप्लायर्स/फर्मको दर्ता प्रमाणपत्र संलग्न राखी साधनको अगाडि सम्बन्धित ढुवानी विषयको तुल,व्यानरराखी चालक र सहचालक १/१ जना गरी दुई जना सवार भई जिल्लाभित्र वेलुका ३:०० बजेदेखि वेलुका:०० बजेसम्म ढुवानी गर्ने व्यवस्था मिलाउने ।
  • खाद्यान्न , तरकारी,पशुपंक्षिका दाना औषधी, उपकरण तथा माछामासुका पसल बाहेक अन्य पसलहरु बन्द गर्ने  यस भन्दा अगाडिको व्यवस्था यथावत कायम राखी कार्यान्वयन गर्ने । 

निर्णय नं. ३

भारतमा अलपत्र परेका जिल्लावासी तथा जिल्ला वाहिर रहेका स्थानीयबासी एवं निजहरुको आफन्त औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गरी जिल्लाभित्र आएमा जिल्ला प्रवेश गर्ने नाकामै नाका रहेको सम्बन्धित पालिकाले क्वारेन्टाइमा राखी Covid-19 परीक्षण गरी परीक्षणको नतिजाको आधारमा निजको स्थायी घर ठेगाना भएको पालिकासंग आवश्यक समन्वय गरी जिम्मा बुझाउने, त्यस्ता प्रत्येक व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्ने  र यस क्रममा खाना लगायत व्यवस्थापनमा लागेको खर्च सम्बन्धित पालकिाले व्यवस्थापन गर्ने निर्णय गरियो ।

निर्णय नं.४

बैंक , वित्तिय संस्था, विमा एवं सहकारीको संस्थाको सेवा प्रवाह सन्दर्भमा हप्ताको प्रत्येक  मंगलबार र शुक्रबार विहान १०:०० वजेदेखि दिउंसो ४:०० बजेसम्म सम्बन्धित स्थानीय तह र  सुरक्षा निकायसंग समन्वय गरी टोकन प्रणाली, सुरक्षा एवं स्वास्थ्यको मापदण्ड एवं  सामाजिक दुरी कायम गरी गराई सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने  र सम्बन्धित बैंक एवं वित्तिय संस्थाले आफ्नो ग्राहकसंग अग्रिम समन्वय गरी ग्राहकलाई सेवा प्रवाह गर्ने समय अग्रिम जानकारी गराइ सो अनुसार गर्ने गराउन निर्देशित गर्ने निर्णय गरियो।

निर्णय नं.५

कोरोना भाइरस देखिएका जिल्लाबाट अक्सर आयात हुने खाद्य तथा निर्माण सामग्री ढुवानी हुने सवारी साधनका चालक एवं  सहचालकलाई उद्योग बाणिज्य संघ एवं च्याम्वर अफ कमर्सको समन्वयमा Covid 19 को परिक्षण गर्ने व्यवस्था मिलाउने, त्यस्तै गरी क्रमश नियमित चेकजाँचका लागि नाकाहरुमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी , एम्वुलेन्स चालक, जनप्रतिनिधि र  संचारकर्मीहरुलाई आवश्यकतानुसार Covid-19 को परिक्षणको दायरामा ल्याउने र यसरी कोरोना भाइरस परिक्षणको दायरा बढाउन VTM लगायत PPE को आवश्यकता पर्ने हुदाँ तत्काल सो को उपलब्धताको लागि गण्डकी प्रदेश सरकार समक्ष माग गर्ने निर्णय गरियो ।

निर्णय नं. ६

 स्थानीय तहहरुबाट क्वारेन्टाइन व्यवस्थापनको लागि हालसम्म भएका  खर्च रकमको एकिन विवरण तयार गर्ने व्यवस्था मिलाई सोधभर्नाको लागि कोरोना भाइरस(Covid-19) सम्बन्धी क्वारेन्टाइन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ को दफा ११ व्यवस्था भए बमोजिम कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा लेखि पठाउने र अव क्वारेन्टाइन व्यवस्थापनमा लाग्ने खर्च समेत माग गरी पठाउने निर्णय गरियो ।

निर्णय नं. ७

जिल्लाको हालसम्मको शान्ति सुरक्षा एवं स्वास्थ्य स्थितिको अवस्थाको समिक्षा गरी जिल्लाको समग्र शान्ति सुरक्षा र स्वास्थ्य स्थिति अवस्था सामान्य रहेको निष्कर्ष निकालियो  ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *