बाँकेमा एकै चोटी ४७ कोरोना संक्रमित थपिए, संक्रमितको कुल संख्या ३५७ पुग्यो

Share on Your Social Media
  • 86
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares

खोजखबर
गोरखा, जेठ ५ गते ।
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार बाँकेमा ४७ जना नयाँ संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पतालमा परीक्षण गराएका १९० जना मध्ये
४६ पुरुष र १ महिलालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटले जानकारी दिए ।

बाँके जिल्लामा ४७, धुलिखेलमा चार, मोरङ र भैरहवामा एक एकजनालाई संक्रमण भएको हो ।सङ्क्रमितहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् ।


यसअघि सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संक्रमितको कुल संख्या ३५७ पुगेको छ ।

हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *