गोरखा बजार नजिकैको पश्चिमकालीमा भेटियो मृगको बच्चा

Share on Your Social Media
  • 4.2K
  •  
  •  
  •  
  •  
  •  
    4.2K
    Shares

खोजखबर
गोरखा, जेठ ५ गते ।
गोरखा बजार नजिकै मृगको बच्चा भेटिएको छ । गोरखा नगरपालिका ५ पश्चिमकाली मन्दिर परिसरमा करिब १ महिनाको रतुवा मृगको बच्चा भेटिएको डिभिजन वन कार्यालयले बताएको छ ।
मृगको बच्चा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उद्धार गरी वन कार्यालयलाई बुझाएको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । प्रहरीले हरिणको वच्चा भने पनि वन कार्यालयका वन्यजन्तु विज्ञहरुले अनुसन्धान पछि रतुवा मृग भएको पुष्टि गरेका हुन् । उक्त मृगको बच्चालाई अहिले नै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराह चितवन लगिएको डिभिजन वन प्रमुख तोयानाथ पौडेलले बताए । ‘यो साह्रै सानो छ । यसले आफ्नो बासस्थान पहिल्याउने सक्दैन, आफै आहार खोज्न सक्ने पनि भइसकेको छैन,’ उनले भने, ‘जंगलमा लगेर छोडिदियो भने वन्यजन्तुले खाइदिन सक्छ । त्यसैले उद्धारकेन्द्रमा लैजान लागिएको हो ।’

गोरखा सदरमुकाम नजिकै रहेको ठूलोवन सामुदायीक वनबाट सो मृगको बच्चा पश्चिमकाली क्षेत्रमा आइपुगेको हुनसक्ने उनको अनुमान छ । अन्य वन्यजन्तुले लखेटेको या आमासँग चर्न आउदा छलिएको हुनसक्ने पनि बताइएको छ । गोरखा बजारमा गत वर्ष पनि यही समयमा एउटा बयस्क मृग फेला परेको थियो । आयुर्वेदिक कम्पनी नजिकैको एक व्यक्तिको घरमा प्रवेश गरेको सो मृगलाई पनि उद्धार गरी जंगलमा लगेर छोडिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *