लकडाउनको बेला बस रिर्जब गरेर काफल खान गएका ३० युवा प्रहरीको फन्दामा

Share on Your Social Media
  • 14.3K
  •  
  •  
  •  
  •  
  •  
    14.3K
    Shares

खोजखबर
गोरखा, जेठ ६ गते ।

लकडाउनका बेला बस चढेर काफल खान गएका ३० जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरानचोक गाउँपालिका ४ छोप्राक मैदान नजिकै पार्किङ गरिराखिएको ना ५ ख ४७६ नम्बरको बस चढेर वडा नम्बर २ थालाजुङको नयाँबजार क्षेत्रमा पुगेका उनीहरुलाई नियन्त्रण लिइएकोे इलाका प्रहरी कार्यालय हर्मीका प्रहरी नायव निरीक्षक इन्द्र थापाले जानकारी दिए । उनीहरु मध्ये २९ जना वडा नम्बर ४ छोप्राक र १ जना वडा नम्बर ५ छोप्राकका स्थानीय बासिन्दा रहेको प्रहरीले बताएको छ । समातिएका अधिकाशं यातयात क्षेत्रमा काम गर्ने मजदुर रहेको उनले बताए ।
बस चढेर ठूलो संख्यामा मानिसहरु जंगलमा काफल खान गएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हर्मीबाट गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । स्थानीय कोरोना प्रतिकार्य समितिले सम्झाई बुझाई गर्दा पनि उनीहरुले अटेर गरेपछि प्रहरीलाई खबर गरिएको हो । उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय हर्मीमा राखिएको छ ।
सरकारले गरेको लकडाउनको उलंघन गरी बस चलाएर जंगलमा काफल खान गएकाले उनीहरुलाई कानून अनुसार कारवाही गरिने गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
सरकारले सहरी सदरमुकाम र सहरी क्षेत्रमा लकडाउनमा कडाई गरेपनि गाउँगाउँका युवाहरु समूह बनाएर काफल खान जाने, पौडी खेल्ने, पिकनिक खाने लगायतका काम गरिरहेको स्थानीयहरुले गुनासो गरेका छन् । गाउँमा प्रहरीको उपस्थिती कम भएकाले पनि समस्या भएको सरोकारवालाहरुको भनाई छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *