प्रेम खत्री
म आरुपोखरी बासि भएपनि मैले १५ वर्षको उमेर बाट नै काठमाडौँमा छु । आरुपोखरी, मान्बु (मेरो मामली गाउ) तथा आरुघाट (मैले पढेको स्कुल) क्षेत्र बाहेक आरुघाट गा.पा को अन्य ठाउँमा बसोबास गर्ने मान्छेहरुको अवस्था के कस्तो छ कसैले नभने सम्म पूर्ण रुपमा जानकारी हुने कुरै भएन ।
मैले काठमाडौँमा भएका आरुघाट गाउपालिका बासीहरु मर्कामा छन् भने सहयोग गरौं र यदी काठमाडौँमा नचाहिने भए सिधै वार्ड मै सहयोग गरौं भनेर यो कार्यक्रम आगाडी सारिएको हो । म संग सबै वडाध्यक्षज्युहरु सम्र्पकमा हुनुहुन्न र म संग चिनजान पनि छैन् । त्यसैले सम्बन्धित गाउका मान्छेहरु जसले चिन्नुभएको छ उहाँहरुले सम्र्पक गर्दा सिफारिस सहितको डाटा उपलब्ध लिएर आउनु भनेको हो । तथ्याङ्क नभई को–को लाइ दिने मलाइ थाहा हुने कुरै भएन ।
सिफारिस सहितको डाटा माग्दा सहयोग भएन भन्ने सुने, अब त्यत्तिकै को कता छन् विवरण नभई कता गएर बाढ्ने ? गाउमा राहत बाड्नका लागि यो महामारीको बेला गाउँगाउँ जाने होइन बरु त्यतैका युवाहरु, क्लबहरु मार्फत यताबाट पैसा उपलब्ध गराए तुरुन्तै यो काम गर्न पाए हुन्थ्यो भन्ने हो । राहत अति बिपन्न लाइ पुगोस भनेरै तपाइहरुसंग सहकार्य गर्न खोजेको हो । तपाइहरुको भोटर बिगार्ने मेरो कुनै उदेश्य होइन, राहत एउटा पार्टीको भोटरलाइ मात्र चाहिने कुरा होइन । आरुपोखरीबसीको हकमा हामीले म पूर्व अध्यक्ष भएको आरुपोखरी समाज मार्फत वितरण गरिसकेका छौं । उक्त कार्यमा मलाई रु ५०,००० सहयोग गर्ने अवसर मिल्यो । म खुसि छु । आरुचनौटे क्षेत्रको हकमा त्यहाँ स्थानीय देउराली फूलपाती क्लब धेरै नै क्रियाशिल देखिएकाले मैले क्लवलाइ वडाध्यक्षज्युसंग अनुमति लिनुस म सहयोग गर्छु भनेको हो । थुमि तिरका वडाध्यक्षज्युहरु संग म सम्पर्कमा छैन तर कोसिस गरिराखेको छु ।
तपाइहरुको एकद्धार नीतिको म सपोर्ट गर्छु, सबैलाई राहत उपलब्ध गराउने यो नै उत्तम बिपल्प हो । तर प्रस्ट हुन के सकियन भने तपाइँहरु पैसा मात्र एकद्धार नीति बाट लिने हो ? तपाइँहरुसँग फुड बैंक पनि बनाउनु भयको छ ? मानौ म ५० बोरा चामल दिन चाहन्छु तर पैसा होइन, तपाईहरुले त्यो स्टोर गरेर गाउँका अति बिपन्नलाइ पुर्याउने व्यवस्था गर्न सक्नुहुन्छ ? कि पैसा मात्र लिने को लागि एकद्धार नीति हो ? यो कोरोना छिटै अन्त्य हुने वाला छैन र अब इंडिया बेखुसी भएर फेरी नाकाबन्दी नलगाउला भन्न सकिन्न, यसको लागि पनि खाद्यन्नको बैंक हुन जरुरी छ । दिर्घकालिन रुपमा अब देश र जनता बचाउन कृषिमा आत्मनिर्भरता को विकल्प छैन । विशुद्ध समाज सेवा गर्ने मान्छे अथवा संस्थाले एउटा कुरा चाहेको हुन्छ त्यो हो आफ्नो सम्मान र मुल्यांकन हो । यो एकद्धार नीतिमा सहयोग गर्ने संस्था अथवा व्यक्तिको नाममा आएको सहयोगलाई गाउँपालिकाको आफ्नो स्रोत मान्नुहुन्छ कि दिने दाताहरु को नाम समाज मा लिग्नुहुन्छ ?
मैले आफ्नो जन्मथलोमा धेरै सहयोग गर्नको लागि पालिका तथा वडासंग सहकार्य गर्न खोज्दा तपाइहरुको राजनीतिक खिचातानीको मार परेँ । मलाइ समेत कुनैपार्टी को मान्छे हो भनि पुर्भाहग्रह राखी तपाइहरुले धेरै अबरोद गर्नु भयो । मैले धेरै चोटी पालिकाको मान्छेहरु तथा तपाइहरुकै केहि स्थानीय नेताहरुलाइ छलफलको वातावरण बनाउनुस भन्दा त्यो पनि बनेन । तपाइहरुले हामीले गरेको समाजसेवाका विभिन्न कार्य हरुको बारेमा प्रश्न राखेको भन्ने विभिन्न व्यक्तिबाट आएको हुदा आज मैले जनतालाई प्रस्ट बनाउन खोजेको हँु ।
१. तपाइहरुले मैले व्यक्तिगत पहल बनाएको भुकम्प पिडितको ३८ ओटा (१०८ ओटा होइन) घरहरुको को बारेमा प्रस्न उठाउनु भयो रे । यौ कुनै संस्थ बाट नभयर मेरो आफ्नो व्यवसायमा काम गर्ने स्टाफहरुको लागि (जो धेरै अरुपोखरी र केहि मात्रामा चनौटे, मान्बु एरियाको छन) बनाएको हो । विदेशीले ट्रेकिंग जादा आफु संग काम गरेका गाइड र अन्य सहयोग हरुको घर बनाइदिनु भनेकोले मैले मात्र कोडिनेसन मात्र गरिदिएको हँु । यो घर मैले चाहेर पनि अरुलाईदिन सक्ने होइन । यी घरहरु बनाउदा स्टापहरुलाइ पुगेपछि केहि बिपन्न समुदायलाइ पनि बनाइदिने योजना थियो नै । हामीले भुकम्प गएको २ महिना पछि नै ३ ओटा घरहरु समाज कल्याण परिषद बाट स्वीकृती लिएर सम्भव नेपाल मार्फत बनाएको हो, त्यो बखत स्थानीय तह नै थिएन । व्यक्तिगत पहल बनाएको ३८ ओटा र सम्भव नेपाल बाट ३ ओटा गरि जम्मा ४१ घरहरु बनेको हो । हामीलाई अरु थप घरहरु पनि बनाउन सक्ने स्रोत हुँदाहुँदै आरुघाट गाउँपालिकाले विरोध गरेकाले केहि घरहरु अन्य पालिकामा बनाउन बाध्य भएका हौं । तपाइहरुको सहयोग प्रोत्साहन भएको भय अहिले थप घर हरु नि बन्ने थिए ।
२. तपाइहरुले मैले मेरो कृषि व्यापार (कम्पनि) मार्फत लगाएको तथा केहि किसानहरुलाई बाढको कफीको बारे पनि प्रश्न राख्नु भयो । हाम्रो परिवारको स्वामित्वमा आलाया अर्गानिक नामको कम्पनि छ । आफ्नो जमिन त्यत्त िप्रयाप्त नभएको हँुदा कफी खेति गर्ने इच्छुक कृषकहरुलाइ केहि कफीको बिरुवा सहयोग गरिएको हो । यो कार्य गर्दा हामीले आफ्नो आफिसमा रहेको स्टाफहरु संग समन्वय गरि कफीको बिरुवा बाढेका हौं । आलाया अर्गानिकले अरुपोखरीमा जग्गा खरिद गरि सकेको छ । हामीले कफी प्रसोधन केन्द्र खोल्नको लागि मेसिनहरु खरिद प्रक्रिया अगाडी बढाइसकेका छौं । आलाया अर्गानिकलाइ स्थानीय निकायमा दर्ता गर्नलाई पालिका मा कुरा भैसकेकोमा लकडाउनले मात्र रोकिएको हो । सम्पूर्ण इच्छुक कफी किसान को कफी बारी बाटै किनेर किसान लै सहयोग गर्नु यस कम्पनीको उदेश्य हो । मैले साथीहरुसंग मिलेर काभ्रेमा करिब १,००० रोपनी भन्दा बढि जग्गामा आधुनिक कृषिको सुरुवात गरेको करिब १ वर्ष भैसक्यो, जसको नाम गोल्डेन फारम हो । यो नेपाल कै सब भन्दा ठुलो कृषि फारम हो, यस कार्यमाहामीलाई नेपाल सरकार तथा एसियाली बिकास बैंक एडिभीले पनि सहयोग गरेको छ ।
३. तपाइहरुको असहयोग र निरुत्साही व्यवहारको कारणले गर्दा मैले सम्भव नेपाल मार्फत निकट भबिस्यमा नै ६ ओटा एम्बुलेन्सहरु (जुन कोरोना लगायतका अन्य महामारीमा समेत बिरामी बोक्न मिल्ने गरि सम्पूर्ण मेडिकल सामग्री सहितको) अन्य गाउपालिकाहरुलाई दिने गरि प्रोसेस गरिसके, तपाइहरुको सहयोग भएको भय यो सेवा आरुघाट गाउँपालिकाले पनि पाउने थियो ।
४. मैले केहि हप्ता आगाडी थर्मल गन, माक्स आदि बढ्नु भन्दा आगाडी पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई सम्र्क गरेको हो । तर उहाँहरुले त्यति चासो दिनु भएन र त्यो पनि अयन्त्र गयो । पछि मैले नारायण खड्का सरको गाउको मेरो साथी बिजय जीले योयाक तिर पनि सहयोग गर्नु भन्नु भएकोले मैले वडाध्यक्षज्युबाट चिठी चाहियो भन्दा त्यो नि उपलब्ध भएन । त्यसैले सहयोग सहयोग गर्न सकिएन । बिजय जीले मेरै अगाडी कुरा गर्नु भएको हो । के के भयो वडाध्यक्षज्यु संग त्यो कुरा यसमा उल्लेख नगर्दा राम्रो होला ।
५. मैले आरुघाट गाउँपालिकाको केहि स्कुलहरुले ट्रयाकसुट को माग गरि पत्र लेख्नु भएकाो थियो । पछि गाउँपालिका अध्यक्षसंग अनुमति लिएर वितरणगर्न जादा त्यो पनि बाड्ने वातावरण बनेन । करिब १००० जति सरकारी स्कुलका भाइबहिनीहरुका लागि तयार गरिएको ट्रयाक सुट १००० हजार थान फिर्ता यसै फिर्ता भयो । अहिलेको स्थितिमा सरकारी स्कुलका बिद्यार्थी भनेको अति निम्न आर्थिक अवस्था भएका परिवारका छोरा छोरी बढ्नु पर्ने बाध्यता छ । उनीहरुलाई लाभ हुने यस्तोे सानो कुरामा पनि राजतिनी गर्नु भनेको महापाप हो । यसलाई राजतिनी भनि म राजनेताहरुको अबमुल्यान गर्न चाहन् । यसबारेमा पछि पालिकाकाकार्यकारी प्रमुखको कुरा अनलाइन खबरबाट थाहा पाएँ । उहाँको कुरा अनुसार सबै वडालाइ उपलब्ध नभएकोले कार्यपालिकाबाट पास गर्नसकिएन रे, त्यसको लिंक येस्मा हेर्नु होला
https://www=onlinekhabar=com/2020/03/846364….
‘। अब भन्नुस तपाइँसंग २० रुपया छ तर मलाइ १०० रुपया चाहिएको छ भने कहिले काही २० रुपया लिएर नि काम चलाउन सकिन्छ । अरु नपुगपछि कुनैस्रो बाट लिन सकिन्छ अथवा पछि तपाइँसंग हुदा मलाइ फेरी दिनुहोला भनेर म भन्न सक्दिन ? सम्भव नेपालको कोटा मा नै १५०० बिद्यार्थीलाइ ट्रयाक सुट बाढ्ने कार्यक्रम छ भने आरुघाट गाउँपालिका भरिका ५००० भन्दा बढी विद्यार्थीलाइ कसरी एकै चोटी उपलब्ध गराउन सकिन्छ ? बरु पटक पटक गरि नपुगेकोलाइ दिन सकिन्थियो । तपाइहरुको अबरोध ले गर्दा हामीले यो ट्रयाक सुट वितरण कार्यक्रम चुमनुब्रीमा लैजान बाध्य भएका छौं ।
एउटा कुरा प्रस्ट के पर्न चाहन्छु भने मैले समाजसेवा गर्दा आफनै जन्मथलोलाइ प्राथमिकता मा राखेको हो । मेरो कुनै राजनीतिक पुर्वाग्रह छैन । म कुनै पार्टीभन्दा पनि राम्रो मान्छे र राजनीतिबाट सिरिफ समाजसेवा गर्ने मान्छेलाइ समर्थन गर्ने मान्छे हँ ।, राम्रो र नराम्रो मान्छे सब पार्टीमा देखेको छु । हामी मानिस राजतिनिक प्राणी हौ त्यही भएर जो कोहि पनि एउटा न एउटा पार्टीको सपोर्ट मा हुनु स्वभाविक हो । मलाई राजतिनीमा कुनै लोभ लालच छैन ।मलाई लाग्छ मैले जति अहिले गर्न सक्छु भोलि कुनै सार्बजानिक पद धारण गरे भने सक्दिन । सर्बप्रथम म एउटा ब्यबसायी हुँ र आफ्नो बर्गत र समयले भ्याय सम्म अलिअलि समाजसेवाको भाबना पनि राख्छु त्यत्ति हो । तपाइहरुको र मेरो इच्छा र विचार फरक फरक होला, मलाइ जे मन पर्छ त्यो तपाइहरुलाइ मन नपर्ला त्यो स्वभाविक पनि हो ।
सम्भव नेपाल करिब १२ वर्ष आगाडी हाम्रो छोराको नामबाट नामकरण गरिएको संस्था हो । त्यसैले जहाँ हामीलाई अनाबश्यक दुख दिइन्छ र प्रोत्साहन हुदैन भने हामि त्यो ठाउँमा काम गर्न बाध्य हुने छैनौं । हाम्रो आफ्नो व्यापार बिजनेस छ र आफ्नो बर्गत र समयले भ्याय सम्म अलि अलि समाजसेवा को भाबना पनि राख्छु । त्यही भएर सम्भव नेपालको जन्म भएको हो । मेरो व्यापार बिजनेस हैसियत के कति छ त्यो तपाइहरुले अरु कसैलाई सोधेर पनि जानकारी लिन सक्नुहुन्छ । मैले त्यसमा अरु केही भन्नु नपर्ला ।
प्रश्नहरु धेरै छन् कुनै दिन अवसर मिलेमा सार्बजनिक रुपमा बोल्ने छु । तपाइहरु आफ्नो राजनीति आफ्नो ठाउमा राजनीतिक इथिक्स अनुसार गर्नुस तर जनताको गरिबी, बिद्यार्थी को शिक्षामा राजतिनी गरेर प्रिदुशित नबनाउनुस भन्ने मेरो आग्रह हो । तपाइहरु पालिका, प्रदेश, संघिय राजतिनी गर्नुस, मन्त्रि बन्नुहोस, प्रधानमन्त्री बन्नुहोस् तर समाजमा आफ्नो दाहित्व नभुल्नु होला मरो सधै शुभकामना छ । नभए आजका जनता हिजोको भोटर जस्ता होइनन, समय धेरै परिबर्तन भैसक्यो, खोलामा धेरै पानि बगिसक्यो, आज भोली नेताले कुन ब्रान्डको चप्पल लगाएर राजतिनी सुरे गरे अहिले जनताको सेवक भएपछि अब कुन ब्रान्ड को जुत्ता लगाउदै छन् त्यो हेर्छन ।
धेरै लामो भयो, बिग्रेको भय मिलायर पढ्नु होला र आशा छ यसलाई सकारात्मक रुपमा लिनु हुनेछ । जयदेश, जय स्वाभिमान, जय नेपाल, अनि जयचन्द्रसुर्य !!
(लेखक व्यवसायी, समाजसेवी तथा आरुघाट ८ का स्थानीयबासी)