टिचिङ अस्पतालमा उपचार गराएर फर्केहरुमा कोरोनाको संक्रमण नरहेको पुष्टि

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, जेठ ८ गते ।
गोरखाको नाम्जुङका नौ जनामा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
केही समय अघि काठमाडौको टिचिङ अस्पातलमा एक जना सुत्केरी महिलाको कोरोना कारण मृत्यु भएको थियो । सोही समयमा उक्त अस्पतालमा उपचार गराएका नाम्जुङका नौ जना स्वाब संकलन गरी परीक्षणका लागि केन्द्रिय प्रयोगशाल टेकु पठाइएको थियो ।
पिसिआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ रहेको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
उनीहरुलाई अझै सातदिन होमक्वारेण्टाइनमा राख्ने गाउँपालिकाले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *