पाँच वर्षपछि लाप्राकका भूकम्प पिडितले बल्ल पाए नयाँ घर

Share on Your Social Media
  • 972
  •  
  •  
  •  
  •  
  •  
    972
    Shares

खोजखबर
गोरखा, जेठ १० गते ।
भूकम्प गएको पाँच वर्षपछि गोरखाको लाप्राकका भूकम्प पिडितले नयाँ घर पाएका छन् ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) ले निर्माण गरिरहेको उक्त बस्तीको काम नसकिएपनि बनिसकेका घरमा मानिस बस्न थालेका हुन । ‘एनआरएनएले विधिवत रुपमा बस्ती हस्तान्तरण त गरिसकेको छैन,’ लाप्राकका स्थानीय समेत रहनुभएका धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘अब वर्खा नजिकिदै छ बनिसकेका घरमा सर्न हामीले अनुमती दिइएको छौं ।’
७५ वर्षीय कान्छी गुरुङलाई औपचारिक रुपमा गृह प्रवेश गराएर गाउँपालिकाले गुप्सीपाखामा बस्ने अनुमती दिएको हो । अर्काको जमिन भाडामा लिएर अस्थायी टहरो बनाएर बसेकी पहिलोपटक नयाँ घरमा सारिएको हो । ‘घर पुजा गराएर हामीले गृह प्रवेश गरायौं,’ अध्यक्ष गुरुङले भने, ‘अब त आफ्नै घरमा मर्न पाइने भयो भनेर उहाँ निकै खुसि हुनु भएको छ ।’ भूकम्प गएपछि सार्वजानिक जग्गामा टहरो हालेर गुजारा गर्दै आएकी कान्छीको परिवारमा कोही छैनन् । सन्तानका नाममा रहेका एक छोरा पनि सम्र्पक बिहिन भएको धेरै वर्ष भयो । गाउँलेले सार्वजानिक जग्गाबाट पनि उठाएपछि उनी भाडाको जग्गामा टहरो बनाएर बस्दै आएकी थिइन् ।


वस्ती निर्माणमा एनआरएनएले गरेको ढिलाइका कारण उनी जस्तै धेरै भूकम्प पिडितले अहिले पनि अस्थायी टहरामा दिन कटाउनु परेको छ । ‘घर बनाउने काम हँुदै गर्छ । केही दिनमा अरु पनि वृद्धवृद्धा र गर्भवती सुत्केरी रहेका घरलाई सार्छौ,’ उनले भने, ‘असारसम्म अधिकाशं परिवारलाई गुप्सीपाखामा सार्ने हाम्रो योजना छ ।’

एनआरएनएले ५७३ घर निर्माण गरिसकेको छ । तर घरको बाहिरी स्वरुप निर्माण भएपनि झ्याल ढोका राख्ने, तलामा काठ छाप्ने, शौचालय निर्माण गर्ने काम बाँकी छ । ‘लकडाउन नभएको भए बैशाख १२ गते हामी बस्ती ह्याडओभर गर्ने प्लानमा थियौं,’ एनआरएनएका साइड म्यानेजर लक्ष्मण अर्यालले भने, ‘अब २० प्रतिशत ट्वाइलेट र १० प्रतिशत घरको काम बाँकी छ । बाहिरबाट गएका कामदार फर्किसकेका छन् । लोकल म्यानपावर लगाएर उक्त काम सक्ने विषयमा गाउँपालिकासँग कुरा भइरहेको छ ।’

नयाँ घरमा सर्न लाप्राकमा कटुवाल लगाइयो

वडा कार्यालयले पनि कटुवाल लगाएर नयाँ घरमा सर्न सर्वसाधरणलाई सूचना जारी गरेको छ । ‘गुप्सी पाखाको घरमा बस्नुहोस्, आफ्नो घर आँगन सफा गर्नुहोस्, चर्पी नबनाएकाले बनाउनुहोस्, आँगनमा फूल रोप्नुहोस्, भनेर कटुवाल लगाएका छौं,’ वडा अध्यक्ष राज गुरुङले भने, ‘अहिले धमाधम सामान ओर्साने, दाउरा संकलन गर्ने लगायतका काम भइरहेको छ ।’ निर्माण सम्पन्न नहुँदै गोला थुताएर घर छनोट गरिसकिएको छ । आफ्नो घरको संरक्षण र प्रयोगका लागि स्थानीयलाई बढि जिम्मेवार बनाइएको उनले बताए । एनआरएनएले लामो समय देखि काम अलपत्र पारेकाले व्यवस्थित गर्न समस्या भएको छ । अहिले स्थानीय आफैले जंगलबाट काठ ल्याएर तला बनाउने, घरको भुँइमा ढुङ्गा छाप्ने, लिपपोत र रङ्गरोगन गर्ने, आँगन,पिढि बनाउने, शौचालय बनाउने लगायतका काम गरिरहेका छन् ।

समुद्रि सतहबाट २७ सय मिटर उचाइमा रहेको गुप्सी पाखाको १८.३१ हेक्टर क्षेत्रफलमा सुन्दर बस्ती निर्माण गरिएको छ । लाप्राकका ५० घर भने उक्त परियोजनामा छुटेका छन् । ती मध्ये ३० घर लाभग्राही कायम भइसकेकाले सोही बस्तीको आसपासमा जग्गा खरिद गरी घर बनाउने प्रक्रियामा छन् । गुनासो फारम भरेका २० घरको भने अझै टुंगो लागेको छैन । भूकम्पपछि गएको पहिरोले लाप्राकको पुरानो बस्ती सबै जोखिममा पु¥याएपछि एनआरएनएको लगानीमा अहिले एकिकृत नमूना बस्ति निर्माण गरिएको हो । बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेपनि सार्वजानिक पूर्वाधार भने निर्माण हुनसकेको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *