भारतबाट आएर कञ्चनपुरको क्वारेन्टिनमा बसेका १४ जनालाई गोरखा ल्याइयो

Share on Your Social Media
  • 369
  •  
  •  
  •  
  •  
  •  
    369
    Shares

गोरखा, जेठ १० गते ।
नेपाल भारत सिमा नाकामा अलपत्र परेका गोरर्खालीहरुको उद्धार सुरु भएको छ । भारतबाट आएर कञ्चनपुरको क्वारेन्टिनमा बसेका मध्ये १४ जना शनिवार गोरखा आइपुगेका हुन् । उनीहरुलाई मध्ये ८ जना आरुघाट, २ जना धार्चे, सिरानचोक, अजिरकोट, भीमसेन थापा गाउँपालिका र पालुङ्टार नगरपालिकाका १÷१ जना गरी १४ जना रहेका छन् । जिल्लाका विभिन्न सरकारी कार्यालयका सवारी साधन प्रयोग गरी आरुघाट र धार्चेका १० जनालाई सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा पठाइएको जिल्ला प्रहरी काार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । बाँकी सर्वसाधरणलाई पनि सम्बन्धित स्थानीय तहमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय गोरखा र कञ्चनपुरको समन्वयमा उनीहरुलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।
नेपाल भित्रिएपछि उनीहरु सबैको कोरोना परीक्षण समेत भइसेको छ । सिमा नाकामा पर्ने जिल्लाहरुले भारतबाट आएका नेपालीहरुको चेकजाँच गरी कोरोना संक्रमण नदेखिएकाहरुलाई सम्बन्धित जिल्ला पठाउने गरेका छन् । रिर्पोट पोजेटिभ आएकाहरुलाई भने त्यहीँ क्वारेन्टिनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । गोरखा आएका सबैको रिर्पोट नेगेटिभ रहेपनि १४ दिनसम्म सामुहिक क्वारेन्टिन र त्यसपछि होम क्वारेन्टिनमा बस्ने मन्जुरी नाममा सहित सम्बन्धित पालिकामा पठाइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । २३ जनाले नाम टिपाएका मध्ये ९ जनालाई पनि गोरखा ल्याउने तयारी भइरहेको छ ।
अलपत्रमा परेकाहरुलाई विभिन्न चरणमा जिल्ला ल्याएर सुरक्षित साथ सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *