काँग्रेस संसदीय दलको प्रवक्तामा दवाडी चयन

Share on Your Social Media
  • 120
  •  
  •  
  •  
  •  
  •  
    120
    Shares

खोजखबर
गोरखा, जेठ १० गते ।
नेपाली काँग्रेस गण्डकी प्रदेशको संसदीय दलको प्रवक्तामा गोरखाका सांसद प्रकाशचन्द्र दवाडी चयन भएका छन् ।
शनिवार सम्पन्न संसदीय दलको बैठकले दवाडीलाई प्रवक्तामा चयन गरेको हो । प्रवक्तामा चयन भएपछि खोजखबरसँग कुराकानी गर्दै उनले गण्डकी प्रदेश सभामा काँग्रेसलाई थप सशक्त रुपमा प्रस्तुत गराउन सक्दो प्रयास गर्ने बताएका छन् । गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दवाडीले पाएको जिम्मेवारीलाई सहि सदुपयोग गर्ने दाबी समेत गरेका छन् ।
शनिवारको बैठकले गत जेठ पाँच गते मुख्यमन्त्रीको कार्यकक्षमा गएका संसदीय दलको डेलिगेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अभद्र व्यवबहार गरेको प्रति खेद प्रस्ताब पारित गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *