एकै दिन ९० जना संक्रमित भेटिए, नेपालमा ७७२ जनालाई कोरोना

Share on Your Social Media
  • 85
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

खोजखबर
गोरखा, जेठ १३ गते ।
नेपालमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । मंगलबार मात्र थप ९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँकेमा ८ जना, कपिलवस्तुमा २६ जना, अर्घाखाँचीमा २ जना, स्याङ्जा २ जना, गुल्मीमा २ जना, रुपन्देहीमा १ जना रहेका छन् । सुदुरपश्चिमको कैलालीमा १ जना र अछाममा १ जनामा कोरोना पुष्टि भएको छ। सुर्खेतमा थप १२ जनामा कोरोना लागेको छ ।

सङ्क्रमित हुनेहरूमा महोत्तरीमा २ जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराकै पचौटा नगरपालिकाका ३ जना, रौतहटका २२ जना, सिराहमा ५ जना, धनुषामा १ जना कोरोना सङ्क्रमित भएका छन् ।

यसैगरी, ११ देखि १६ दिनमा भर्ना भएका ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन । यो सङ्ख्यासँगै नेपालमा १५५ निको भएका छन् ।

सङ्क्रमण भएको जिल्ला ४६ पुगेको छ भने अहिलेसम्म चार जनाको मृत्यु भएको छ ।
भने कुल ७७२ संक्रमित भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *