एकै दिन ११४ जनामा कोरोना, संक्रमितको कुल संख्या ८८६ पुग्यो

Share on Your Social Media
  • 66
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

खोजखबर
गोरखा, जेठ १४ गते ।
नेपालमा बुधबार एकै दिन ११४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा संक्रमण पुष्टि भएको हो ।

उहाँका अनुसार रौतहटमा ३५, झापामा १७, सुर्खेतमा १५, , दाङमा १५, सप्तरीमा ११, बारामा ८ बागलुङमा ६, रुकुम पूर्वमा ३, सिरहामा २ र मकवानपुरमा १ जनामा स्ंक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, थप २८ जना डिस्चार्ज भएका छन । डेढ वर्षदेखि ६२ जना उमेर समूहका रहेका छन् । योसँगै निको भएर डिस्चार्ज हुने १८३ पुगेको छ । अहिलेसम्म ६९९ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा रहेर उपचार भइरहेको छ ।
कुल ४६४ जना रेड जोनमा रहेका छन् भने मृतक सङ्ख्या चार पुगेको छ । नेपालमा कुल संक्रमितको संख्या भने ८८६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *