कोरोना संक्रमणका कारण नेपालमा थप १ जनाको मृत्यु

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, जेठ १४ गते ।
कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
कोभिडको संक्रमणका कारण ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा बुधबार साँझ निधन भएको हो ।

लिभरमा खराबी देखिएपछि ११ गते पाटन अस्पतालमा भर्ना भएका उनलाई आईसीयू चाहिने भएपछि किस्टमा लगिएको थियो । ११ गते उनको स्बाब संकलन गरिएको थियो । बुधबार उनमा कोरोना संक्रमण भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरिसकेको छ ।
उनको मृत्यु बारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरिसेको छैन । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *