थप आठ जनामा कोरोना, संक्रमित सबै दैलेखका, कुल संख्या ९९० पुग्यो

Share on Your Social Media
  • 29
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

खोजखबर
गोरखा, जेठ १५ गते ।
नेपालमा ८ जना कोरोना संक्रमित थपिएका छन् । थपिन सबै कर्णाली प्रदेशको दैलेख जिल्लाका स्थानीय रहेको जनाइएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ भने बिहीबार मात्रै हालसम्म ८८ जना संक्रमित भेटिएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *