खोजखबर
गोरखा, जेठ १५ गते ।
लोकप्रिय गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिए ।
बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो । उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।
थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।