खोजखबर
गोरखा, जेठ १७ गते ।
सरकारले लकडाउनको अबधी फेरी बढाएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउन जेठ ३२ गते जारी राख्ने निर्णय गरेको छ । तर मोडालिटी कस्तो हुने भन्ने कुरा भने एकिन हुन बाँकी छ ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन थप के गर्ने भन्ने कुरा विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने बताइएको छ ।साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।
मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो ।
त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।