कोरोना संक्रमणबाट थप एकको ज्यान गयो, मृत्यु हुनेको संख्या सात पुग्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, जेठ १७ गते ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ का ३५ वर्षीय युवकको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि भएको हो ।
गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । मृत्तकको स्बाब १५ गते परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । शनिवार परीक्षणको रिर्पोट आएसँगै उनको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।


मृत्यु भएका व्यक्ति दुल्लु नगरपालिका वडा न ११ निवासी हुन् । यो सँगै कोरोनबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *