तनहुँमा पहिलो पटक कोरोना पुष्टि, गण्डकी प्रदेशमा थपिए तीन संक्रमित

Share on Your Social Media
  • 188
  •  
  •  
  •  
  •  
  •  
    188
    Shares

खोजखबर
गोरखा, जेठ १८ गते ।
गण्डकी प्रदेशको तनहुँ जिल्लामा पहिलो पटक कोरोनाको संक्रमण देखिएको छ ।

ऋषिङ गाउँपालिका ठेगाना भै सोहि गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका २८ वर्षका एक जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यसैगरी आईतबार गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका रहेको क्वारेन्टाइनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको भेटिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार बागलुमा ८ जना स्याङ्गजामा ७ जना म्याग्दी, लमजुङ र तनहुँमा एक एक जना नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ६ जना रहेका छन्। त्यस्तै ३ जना निको भएर घर फर्किएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *