खोजखबर
गोरखा, जेठ १८ गते ।
म्याग्दीका कोरोना संक्रमित चढेकै बस चढेर आएका गोरखाका युवकमा कोरोना संक्रमण नरेहको पुष्टि भएको छ ।
पालुङटार नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा रहेका उनको पिसिआर परीक्षण नेगेटिभ आएसँगै उनमा कोरोनाको संक्रमण नदेखिएको हो ।
उनी गत जेठ नौ गते सुनौलीको नमूना माविको क्वारेण्टाइनबाट म्याग्दी यातायातको बसमा आई डुम्रे झरेर गोरखा प्रवेश गरेका थिए ।
एउटै बस चढेर आएका म्यादीका एक व्यक्तिमा कोरोनको संक्रमण देखिएपछि उनको तिब्र खोजी भएको थियो ।