लकडाउनको उलंघन गर्ने सात जनालाई जनही एक सय जरिबाना

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १९ गते ।
सरकारले लगाएको लकडाउनको उलंघन गर्नेलाई जिल्ला प्रहरी कार्यालयले कारवाही गरेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनको उंलघन गरि घुमफिर गरेको आरोप प्रहरी गोरखा नगरपालिका–७ बाट ७ जना युवाहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय गोरखामा पेश गरिएको थियो । प्रशासनले जनहि रु १०० जरिबाना तोकेको छ ।
उनीहरुलाई प्रहरीले कोरोना भाइरसका रोकथाम सम्बन्धी सचेतनामुलक संक्षिप्त अनुशिक्षण समेत प्रदान गरि छोडेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *