कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै ट्रेड युनियन काँग्रेस गोरखाले ग¥यो दिपावली

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख १९ गते ।

कोरोना भाइरसबाट संक्रमित भएकाहरुको नेपाल टे«ड युनियन काँग्रेसले गोरखा शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । जिल्ला सदरमुकामको हरमटारीमा दिप प्रज्वलन गर्दै ट्रेड युनियन काँग्रेस दिवगंत श्रमिक मजदुरको चिर शान्तीको कामना समेत गरेको छ । ‘यो वर्षको मे दिवश हामीेले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा होस्, कामनाका साथ मनाएका छौं,’ ट्रेड युनियन काँग्रेस गोरखाका अध्यक्ष सरद श्रेष्ठले भने, ‘कोरोनका कारण ज्यान गुमाएका श्रमिक मजदुर सहित सम्पूर्ण मानवहरुको चिरशान्तीको कामना गर्दै, संक्रमित सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
नेपाल ट्रेड युनियन काँग्रेस गोरखाले श्रमिकलाई उचित व्यवस्था गर्न माग गरेको छ । प्रधानमन्त्रीलाई इमेल मार्फत ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियन काँग्रेसले सम्पूर्ण श्रमिकहरुलाई राहत प्रदान गर्न, अत्यावश्यक सेवा खटिएका श्रमिकहरुलाई गुणस्तरिय पिपिई, माक्स सेनेटाइजर लगायतका सामाग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ । लकडाउनका कारण दिवशको अबसरमा औपचारिक कार्यक्रम भने हुन पाएन । लकडाउनका कारण अहिले श्रमिकहरुको अबस्था अत्यान्त नाजुक छ । उद्योग, कलकारखाना, व्यपारव्यवासाय, यातायात, बिकास निर्माण सबै बन्द रहेकाले श्रमिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या छ । सरकारले स्थानीय तह मार्फत राहत उपलब्ध गराएपनि प्रयाप्त नभएको गुनासो आइरहेको छ ।
कोरोना भाइरसका कारण १३१ औं मजदुर दिवस प्रभावित बनेको छ । यसअघि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइने गरिएको थियो । तर, यस वर्ष भने कोरोना भाइरसका कारण कुनै कार्यक्रम आयोजना गर्ने वातावरण रहेको छैन । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा मजदुर दिवस मनाउने गरिन्छ । विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा वि. सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *