गोरखाका चार चेपाङ बालबालिकामा दादुरा देखियो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २१ गते ।
गोरखाको चार जना चेपाङ बालबालिकामा दादुरा रोग देखिएको छ । गण्डकी गाउँपालिका ७ क्षेत्रिखोलाको एक चेपाङ बस्तीका बालबालिकामा दादुरा देखिएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
‘त्यहाँका केही बालबालिकामा दादुराको लक्षण देखियो । १७ गते ५ जनाको स्याम्पल लिएर टेस्टका लागि काठमाण्डौं पठाइका थियौं,’ कार्यालयका सूचना अधिकारी राजु न्यौपानेले भने, ‘ती मध्ये ४ जनाको रिर्पोट पोजेट आएको छ ।’ जनस्वास्थ्य प्रयोगशाला टेकुले आइतबार साँझ परीक्षणको नतिजा सार्वजानिक गरेको हो ।
जसअनुसार ६ महिना, ८ वर्ष, १२ वर्ष र १७ वर्षका बालबालिकामा दादुरा रोग देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उनीहरु सबै सिमान्तकृत चेपाङ समूदायका बालबालिका हुन् । ‘६ महिनाको बालकको खोप लगाउन समय बाँकी नै छ,’ उनले भने, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार अरुले भने दादुरा खोप नलगाएको देखिन्छ ।’
नेपालबाट दादुरा रुबेला उन्मुलन गर्ने उदेश्यका साथ नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम सञ्चालन गरिहरहेको छ । वालबालिकाहरुलाई जन्मेको ९ महिनामा पहिलो पटक र १५ महिनामा दोश्रो पटक खोप लगाउनु पर्छ । गोरखामा लकडाउन पूर्व पहिलो चरणमा पाँच वटा स्थानीय तहमा दादुरा दुबेला खोप अभियान सञ्चालन भइरहेको छ । दोश्रो चरणका बाँकी ६ वटा स्थानीय तहमा भने खोप सञ्चालन गर्न बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आर्थिक रुपमा विपन्न चेपाङ समूदायमा चेतनामा कमिका कारणले खोपको मात्र पुरा नगरेका कारण दादुरा देखिएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *