एकै दिन १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २१ गते ।

नेपालमा एकै दिन १६ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ ।
संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार कोभिड–संक्रमण पुष्टि भएका मध्ये ८ पुरुष र ७ महिला छन् र, उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । उनीहरू सबै शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय मौजिन ( मस्जिदमा अजान गर्ने व्यक्ति) को सम्पर्कमा आएकाहरु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिएका छन् ।

थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ ।

अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । साथै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *