खोजखबर
गोरखा, बैशाख २१ गते ।
सिरानचोक गाउँपालिकाले विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजा प्रकाशनको तयारी सुरु गरेको छ ।
लामो समय देखिको लकडाउनका कारण देशभरका विद्यालय ठप्प भइरहदा सिरानचोकले भने आवश्यक सावधानी अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न लागेको हो । ‘हामी स्थानीय तरमै पहिलो पटक अनलाइन मार्फत कक्षा आठको नतिजा प्रकाशन गरेयौं,’ गाउँपालिका अध्यक्ष राजु गुरुङल भने, ‘विद्यार्थीले घरैमा बसेरमा नजिता हेर्न सक्नु हुनेछ ।
परीक्षा बोर्डको सफ्टवयेरलाई नतिजा प्रकाशित गरिएकाले लेजर समेट प्रिन्ट गर्न सकिनेछ ।’
२०७६ फागुन २८ गतेबाट सञ्चालन भएको परीक्षामा २० विद्यालयका ३३८ विद्यार्थी सहभागी भएका थिए । सबै विषयमा १.६ जिपिए ल्याउने विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउनेछन् । २ वटा विषय सम्म १.६ जिपिए नल्याउने विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र पोखरेलले जानकारी दिए । नतिजा चित्त नबुझेका विद्यार्थीहरुले कपि हेर्न व्यवस्था समेत गरिएको छ । नजिता प्रकासित भएको मितिले ७ दिन भित्र प्रति विषय २०० रुपैयाँ बुझाएर निवेदन दिन सकिनेछ । मौका परीक्षाका लागि भने ३०० दस्तुर तोकिएको छ । ‘नतिजा प्रकाशनसँगै हामीले मौका परीक्षाको मिति पनि निर्धारण गरेका छौं,’ शिक्षा शाखा प्रमुख पोखरेलले भने, ‘जेठको २ गतेबाट हाम्रो मौका परीक्षा सुरु हुन्छ र ११ गते सकिनेछ ।’
उक्त गाउँपालिको २४ गतेसम्म सबै कक्षाको नतिजा प्रकासन गर्ने बताएको छ । ‘आधार तहको पालिका स्तर परीक्षाको नतिजा पालिकाले गर्छ,’ अध्यक्ष गुरुङले भने, ‘अन्य कक्षाको भने विद्यालयहरु २४ गतेसम्म आफ्नो अनुकुलतामा गर्ने सक्नेछन् ।’
सिरानचोक गाउँपालिकाले भर्ना अभियान पनि सञ्चालन गर्ने भएको छ । शिक्षा शाखाले गाउँ कार्यपालिका, गाउँ शिक्षा समिति र प्रधानाध्यापकहरुसँग छलफल र समन्वय गरी लकडाउनका बावजुद शैक्षिक गतिविधि अघि बढाउने तयारी गरेको हो । ‘गाउँ शिक्षा समिति, विद्यालय र वडाले आवश्यक छलफल गरी टोली बनाउनेछ,’ शिक्षा शाखा प्रमुख पोखरेलले भने, ‘उक्त टोलीले सामाजिक दुरी कायम गरी गाउँगाउँमा गएर भर्ना अभियान चलाउनेछ । पुस्तक वितरणको काम पनि हामी त्योसँगसँगै अघि बढाउछौं ।’
वार्षिक परीक्षाको परीक्षाफल प्रकासितसँगै सामाजिक दुरी सहित भर्ना अभियान सञ्चालन गर्ने, विद्यार्थीहरुलाई पुस्तक उपलब्ध गराउने र सम्भव भएसम्म टोलटोलमा सामुहिक रुपमा विद्यार्थीलाई पढाउने सम्मका योजना बनाइएको छ । ‘लकडाउन अझै लम्बियो भने हामीले गाउँगाउँमा सामुहिक कक्षा समेत सञ्चालन गर्ने योजना बनाएका छौं,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘हरेक दिन फरकफरक शिक्षकहरु गएर विद्यार्थीहरु अतिरिक्त सिपहरु सिकाउनु हुनेछ ।’
गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम समेत सञ्चालन गरेको उक्त गाउँपालिकाले शिक्षालाई विशेष जोड दिएको छ । लकडाउनका कारण शिक्षामा पर्न सक्ने असरलाई मध्येनजर गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको सिरानचोक गाउँपालिकाले जनाएको छ ।