नेबिसंघका गोरखा नगर अध्यक्ष पन्त माथि प्रहरीले दुव्र्यवहार गरेको आरोप

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २२ गते ।

औषधी लिन गएका नेबिसंघका गोरखा नगर अध्यक्ष सुमन पन्त माथि प्रहरीले दुव्र्यहार गरेको छ । स्थानीय दिर्घरोगीलाई औषधी लिन र अत्यावश्यक घरायसी खाद्यन्न लिएर तनहुँको आँबुखैरनी घर फर्कदै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएर भौतिक तथा मानसिक दुव्र्यवहार गरेको नेबिसघं गोरखाले जनाएको छ ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाल विद्यार्थी संघ गोरखाले उक्त घटनाको भत्र्सना गरेको छ । सोही क्रममा त्यहाँ रहको प्रहरीले नेपाली काँग्रेसका केन्द्रिय सभापती शेरबहादुर देउवाको मानमर्दन समेत गरेको नेबिसंघ गोरखाले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । जिल्ला सभापती सुबास अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गरिएको छ ।
‘यही मिति २०७७ बैशाख २१ गतेका दिन गोरखान गरपालिका वडा नं. १२ निवासी नेपाल विद्यार्थी संघ गोरखा नगरपालिकाका संयोजक सुमन पन्तले तनहुँको आँबुखैरनी बजारदेखी स्थानीय दिर्घ रोगी विरामीहरुका लागि आवश्यक औषधी र अत्यावस्यक घरायसी खाद्यान्न सामाग्री लिएर घरतर्फ आउदै गर्दा मझुवा देउरालीमा अवस्थीत प्रहरी चौकीले नियन्त्रणमा लिई भौतिक दुब्र्यबहार गरेको प्रति नेपाल विद्यार्थी संघ गोरखाको गम्भिर ध्यानाकर्षण भएको छ । कुनै एक ब्यक्तिका कारण सिंगो प्रहरी संगठनको नै वदनामी हुने यस किसिमका कार्य नगर्न हामी आग्रहग र्दछौं । यस किसिमका गैह्र जिम्मेवार कार्य गर्ने प्रहरी अधिकृतलाई विभागिय कारर्वाही गर्नका लागि नेपाल विद्यार्थी संघ जोडदार मागगर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।


अत्यावस्यक कामका लागि प्रशासन कार्यालय मार्फत सर्बसाधरण र ब्यापारी वर्गलाई प्रदान गरिदै आएको पास पनि प्रभावकारी वितरण नभएको, पहुँचवालाले मात्र पाएको नेबिसंघले आरोप लगाएको छ । इपास प्रभावकारी भएपनि झण्झटिलो भएकाले सर्वसाधरणको पहुँचमा नरहेको भन्दै सहज बनाउन प्रशासन कार्यालयलाई आग्रह गरिएको छ । ‘देशभरिको जनजीवन अस्तब्यस्त भइरहँदा जनताको घरघरमा खाद्यान्न, तरकारी देखि दिर्घ रोगीहरुलाई औषधीको अभावभई झनै विकराल परिस्थिती सिर्जना हुदैछ भने अर्कोतिर कक्षा ११ को परिक्षा र विद्र्याीहरुको नयाँ शैक्षिकशत्रको सुरुवात हुन नसकिरहेको अवस्थामा अनलाइन कक्षाको माग गर्दै विद्यार्र्थी हरुलाई निशूल्क इन्टरनेटको माग नेपाल विद्यार्थी संघले गरिरहेको छ । नेपाल विद्यार्थी संघका स्थानीय अगुवा कार्यकर्ता लाई जिल्ला कार्य समितिद्धारा कोरोना संक्रमण रोकथामका क्रियाकलापमा लाग्न र अशक्त, विरामी र खाद्यान्न अभाव भएकाहरुलाई सहयोग गर्न समेत आह्वान गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि काम गरिहेका स्वास्थ्यकर्मी र लकडाउनका पालना गर्न खटिएका सुरक्षाकर्मीको कामको प्रशंसा गर्दै धन्यवाद समेत व्यत्त गरिएको सचिव मिलनसिंह बस्नेतले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *