सिरानचोक गाउँपालिकाले ग¥यो मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग

Share on Your Social Media
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

खोजखबर
गोरखा, बैशाख २५ गते ।

सिरानचोक गाउँपालिकाले मानब सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ ।
अनाथ, असाहाय मानिसहरुलाई साहरा दिइरहेको उक्त आश्रमलाई बुद्ध जयन्तीको अबसरमा पारेर केही खाद्य सामाग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । कोरोना भाइरसको संक्रमणका कारण सबै समस्यामा परेका बेला आश्रममा रहेका बालबालिकाहरुलाई गाउँपालिकाले राहत स्वरुव खाद्यन्न गराएको हो । २ बोरा चना, एक बोरा दाल, एक बोरा प्याज, एक प्याकेट तेल र ५ कार्टुन चाउचाउ उपलब्ध गराइएको उनले बताए । सिरानचोक गाउँपालिकाको एक टोलीले बिहीबार आश्रममा पुगि सञ्चालिका मुना लामालाई उक्त सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
उक्त आश्रममा अहिले ३६ जना बालबालिका सहित ४५ जनाले आश्रय लिइरहेका छन् । आश्रमले बेसाहारा सडक मानिसहरुलाई उद्धार गरी पालनपोषण गर्ने गर्छ । गोरखा आसपासका सहयोगी व्यक्तिहरुले दिएको खाद्यन्न र नगदले आश्रम चल्ने गरेको छ । बालबालिकाहरुलाई पनि सहयोग संकलन गरी पढ्ने व्यवस्था मिलाइएको छ ।
मानव सेवा आश्रमले गोरखा नगरपालिकालाई नेपालकै पहिलो सडक मानवमुक्त नगर घोषणा गरिसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *