कोरोना संक्रमितको संख्या सय नाघ्यो, कपिलबस्तुमा दुई जना थपिए

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २५ गते ।

नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या सय नाघेको छ । बिहीबार कपिलबस्तुमा २ जनासंक्रमित भेटिएसँगै सक्रमितको संख्या १०१ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा पहिलो पटक माघ ९ मा कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो केस १० चैतमा देखियो, जुन बढेर अब १०१ पुगेको छ । उनीहरु मध्ये १९ जना निको भएर घर फर्किएका छन् । निको भइसकेका तीन जनाको पुनः पोजेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार देशभर अहिले पनि १३३ जना चिकित्सकीय निगरानीमा छन् भने १७ हजारबढी क्वारेन्टाइनमा छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *