गोर्खाली समाज फ्रान्सद्वारा पहिलो चरणको राहत वितरण सम्पन्न

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

सुजन भट्ट

फ्रान्स, २५ बैशाख २०७७ ।

गोर्खाली समाज फ्रान्सद्वारा पहिलो चरणको राहत वितरण सम्पन्न गरेको छ । बिश्वमा महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस ९कोभिड १९ ० का कारण समग्र बिश्वजगत अहिले चपेटामा आक्रान्त छ ।

मानब समाज र प्राकृतिलाई नै चुनौती दिएको यस विषम घडीमा फ्रान्स पनि लामो समयदेखि लकडाउनमा रहेको छ । आजको जटिल परिस्थितिमा फ्रान्समा रहेका नेपालीहरुको दैनिक जीवनयापन असहज रुपमा रहेको छ, सरकारी सेवा सुबिधाबाट बन्चित रहेका नेपालीहरु छन । उनीहरुको पहिचान गरी गोर्खाली समाज फ्रान्सद्वारा पहिलो चरणमा ५५ जनालाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले जानकारी दिए। हरेक नेपाली दाजुभाई, दिदिबहिनीहरुलाई कोरोना भाइरसबाट आफु पनि बाचौ, अरुलाई पनि बचाऔ भन्दै सामाजिक सन्देश जारी गर्दै, पूर्व सुचना अनुसार ५० जनालाई मात्र राहत प्रदान गर्ने निर्णय भए पनि थप ५ जना समाबेश गरी जम्मा ५५ जना लाई राहत प्रदान गरिएको हो । सस्थाले आगामी दिनमा थप समस्या झनै बिकराल हुन सक्ने अवस्था सृजना लाई मध्य नजर राख्दै थप आर्थिक सहायोग संकलनमा जुटेको छ ।

गोर्खाली समाज फ्रान्स स्थापना कालको छोटो अवधिमा यस सस्थाले थुप्रै सामाजिक कार्य गर्दै आइरहेको छ । केहि समय पहिला मृगौला पिडित बालिकाका लागि करिब ८०० युरो भन्दा बढी उपाध्यक्ष रामेश्वर श्रेष्ठको संयोजकत्वमा पिडित बालिकालाई उपचारका लागि रकम हस्तान्तरण गरेको थियोे । साथै, गोरखाका राजु खनालको उपचारका लागि सुजन राज भट्टको संयोजकत्वमा संकलित ५०० युरो हस्तान्तरण गरी सकेको र थप झन्डै ३०० युरो उठ्न बाकी भएको संयोजक सुजन राज भट्टले जानकारी दिए । सुजन बानियाँको संयोजकत्वमा सिरानचोक गाउपालिका गोरखाका १२ वर्षको प्रसिद्ध हमालको मृगौला पीडित बाबुलाई १ हजार ४ सय ५६ हस्तान्तरण गरिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *