सिंगुसले टोक्दा गोरखामा ५ जना घाइते

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २६ गते ।
एक प्रकारको जंगली मौरी (सिंगुसले टोक्दा गोरखामा ५ जना घाइते भएका छन् ।
गोरखा नगरपालिका ५ गोरखा क्याम्पस नजिकै बाटोमा हिडिरहेका मानिसहरुलाई एक्कासी सिंगुसले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । घाइते हुनेहरुमा गोरखा नगरपालिका ४ बस्ने वर्ष २६ की कञ्चन वयल्कोटी, उनका छोरा वर्ष ३ का युनिक बयल्कोटी, गोरखा नगरपालिका ६ बस्ने वर्ष २४ का भक्त श्रेष्ठ, गोरखा नगरपालिका ४ बस्ने वर्ष २४ की मालती बयल्कोटी र गोरखा नगरपालिका ७ का ७९ वर्षिय श्याम बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनीहरु सबैको जिल्ला अस्पताल गोरखामा उपचार गरिएको छ । सबैको अबस्था सामान्य रहेको गोरखा अस्पतालले जनाएको छ । मालती र श्याम बाहेक अरु घर फर्किसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *