पालुङटार नगरपालिकाले ग¥यो मानव सेवा आश्रमलाई तीन लाख सहयोग

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २६ गते ।
पालुङटार नगरपालिकाले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ । सयोगापेक्षी सडक मानवहरुलाई आश्रय दिइरहेको उक्त आश्रम सञ्चालनमा सहयोग पु¥याउन सहयोग पुगोस् भन्ने उदेश्यले तिन लाख आर्थिक सहयोग गरिएको नगर प्रमुख दिपकबाबु कंडेलले जानकारी दिए । ‘नगर सभाबाटै रकम थोरै रकम पास गराइदिएको थिएँ,’ उनले भने, ‘यसले गोरखालाई सडक मानव रहित बनाउने उहाँको जुन अभियान छ त्यसलाई थोरै भएपनि सहयोग गर्छ भन्ने पालुङटार नगरपालिकाको विश्वास छ ।’
शुक्रबार अभिभावक परिवारका संयोजक सित्तलकाजी मास्के आश्रमकी गोरखा प्रमुख मुना लामा लगायतको टोलीलाई नगरप्रमुख कंडेल, उपप्रमुख पंफा बसेल लगायतको सयुक्त रुपमा रकम हस्तारण गरेका हुन । ‘उक्त रकम हामीले आश्रम व्यवस्थापनमा खर्च गर्छौ,’ प्रमुख लामाले भनिन्, ‘यो सहयोगले आश्रम सञ्चालन गर्न हामीले ठूलो सहयोग हुनेछ ।’

उक्त आश्रममा अहिले ३६ जना बालबालिका सहित ४५ जनाले आश्रय लिइरहेका छन् । आश्रमले बेसाहारा सडक मानिसहरुलाई उद्धार गरी पालनपोषण गर्ने गर्छ । गोरखा आसपासका सहयोगी व्यक्तिहरुले दिएको खाद्यन्न र नगदले आश्रम चल्ने गरेको छ । बालबालिकाहरुलाई पनि सहयोग संकलन गरी पढ्ने व्यवस्था मिलाइएको छ ।
मानव सेवा आश्रमले गोरखा नगरपालिकालाई नेपालकै पहिलो सडक मानवमुक्त नगर घोषणा गरिसकेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *