सिंगापुरमा कार्यरत प्रहरीले गरे बारपाक सुलिकोटमा १ लाख सहयोग

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २६ गते ।
रोजगारीको शिलशिलामा सिंगापुर प्रहरीमा रहेका स्थानीयहरुले बारपाक सुलिकोट गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन् ।
बारपाक सुलिकोट घर भइ हाल सिंगापुरको गुर्खा कोनटिन्जेन्ट् सिंगापोर् पोलिस फोर्स, माउन्ट् भरोनोन रोड कार्यरत २० जना प्रहरीले १ लाख १ हजार १९५ रुपैयाँ सहयोग गरेको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ ।

उनीहरुले बारपाक सुलिकोट गाउँपालिकाको बैंक विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरिदिएका हुन् ।
उक्त रकम कोराना भाइरसको संक्रमण रोकथाम र राहत वितरणमा खर्च गरिने बारपाक सुलिकोट गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *