उदयपुर , कपिलबस्तु र पर्साका ७ जनामा कोराना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २७ गते ।
नेपालमा थप सात कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उदयपुर, कपिलबस्तु र पर्सामा नयाँ कोरोना संक्रमति भेटिएका हुन ।
केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

योसँगै कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *