रसायिनिक मलमा कालोबजारी गरेको आरोपमा व्यापारी पक्राउ

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २७ गते ।

कालोबजारी गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका १ निबेलका ४९ वर्षीय भक्तप्रसाद श्रेष्ठलाई रसायिनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
श्रेष्ठले संचालन गरेको हिमालयन गोरखा एग्रो फर्म प्रा.लि.नामको पसलबाट मूल्य सुची टाँस नगरी बढि मुल्यमा अनाधिकृत रुपमा रसायनिक मल बेचबिखन गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटी गएको बिशेष प्रहरी टोलीले ५३ बोरा (अन्दाजी.२७ क्विन्टल) रसायनिक मल भण्डारण गरेको उक्त फर्मको कोठा सिल गरेको थियो ।
उक्त फर्म संचालक श्रेष्ठ र उनको फर्ममा काम गर्ने रेशम श्रेष्ठलाई कालो बजार ऐन २०३२ अन्तर्गत कानूनी कारबाही अगाडि बढाउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *