गोरखाका दुई व्यक्तिले गरे झुण्डिएर आत्महत्या

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २८ गते ।
गोरखामा शनिवार आठ वर्षीय बालक र ६२ वर्षका बृद्धले झुण्डिएर आत्महत्या गरेका छन् । पालुङटार नगरपालिका ३ मैबालमा ८ वर्षको बालक अनिस सुनार र सिरानचोक गाउँपालिका ५ भट्टगाउँ निबासी ६२ बर्षीय एक वृद्धले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरु दुबै जनालाई आ–आफ्नो घरको दलिनमा पासो लगाएर झुण्डिएका अबस्था परिवारले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुले किन आत्म हत्या गरे भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *