शंकाटासन्न अबस्थाका भूकम्प पिडितले थप ५० हजार अनुदान पाउने

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २८ गते ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितलाई थप ५० हजार अनुदान दिने तयारी गरेको छ ।
७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपांगता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगको घर बनाउनका लागि उक्त रकम प्रदान गर्न लागिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि अनुसार शुक्रबार बसेको कार्यकारी समितिको बैठकले रकम थप गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले थप ५० हजार पाउन योग्य १८ हजार ५०५ जना लाभग्राही पहिचान गरिसकेको छ । यसमध्ये आवास पुनर्निर्माण गरी तेस्रो किस्ता लिइसकेका लाभग्राहीले भने थप अनुदान नपाउने प्राधिकरणले जनाएको छ । पहिलो र दोस्रो किस्ता लिएका तथा पुनर्निर्माण अधुरा रहेका जोखिमका लाभग्राहीले मात्र रकम दिन तयारी छ । स्थानीय तहले पहिचान गरेका लाभग्राहीले मात्र त्यस्तो रकम पाउनेछन् । निजी आवास पुनर्निर्माणका लागि तीन किस्तामा तीन लाख रुपियाँ र प्रबलीकरणका लागि एक लाख रुपियाँ दिँदै आएको छ ।
प्राधिकरणका अनुसार हालसम्म पाँच लाख ५२ हजार १५७ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिइसकेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *