कोरोनाबाट सिर्जित समस्याको समाधानका लागि नेपाली काँग्रेस गोरखाले थाल्यो सर्बपक्षीय छलफल

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २८ गते ।
कोरोना भाइरसको कारण लगाइएको लकडाउनले अहिले देश ठप्प छ । ४८ दिन देखि देशको व्यपार व्यवसाय सबै बन्द छन् । नागरिक घरमा बसेर लकडाउनको पालना गरिरहेका छन् । तर लामो समय देखि लकडाउनका कारण सबैको अबस्था दयनिय बन्दै गएको छ । लकडाउन केही खुकुलो बनाउने भनिएपनि तत्काल जनजिवन सामान्य बन्ने देखिदैन ।
उक्त अबस्थालाई मध्येनजर गर्दै नेपाली काँग्रेस गोरखाले जिल्लाको अबस्था अध्ययन गर्न सर्बपक्षिय छलफल सुरु गरेको छ । ‘हामी निर्णय गर्ने तहमा त छैनौं नै, तर पनि जिल्लाका ११ वटा स्थानीय तह मध्ये ९ वटामा काँग्रेसको नेतृत्व छ । त्यहाँ के गर्नु पर्छ पार्टीले आग्रह गर्छं,’ जिल्ला सभापती हरिबहादुर घलेले भने, ‘प्रमुख प्रतिपक्षी दलको नाताले प्रदेश र केन्द्र सरकारलाई पनि सुझाव दिने उदेश्यले हामीले यो छलफल थालेका हौं ।’
सोही अनुरुप आइतबार जिल्लामा क्रियाशिल व्यापारी व्यवसायीसँग छलफल भएको छ । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र औषधी व्यवसायी संघसँग जिल्लाको अबस्था र भावी योजनाबारे छलफल गरिएको सचिव नन्दप्रसाद न्यौपानले जानकारी दिए । ‘आज हामीले व्यापारी साथीहरुको कुरा सुन्यौ, भोली निर्माण व्यवसायी र बस व्यसायीका कुरा सुन्छौ, त्यसपछि स्थानीय तह र पत्रकार साथीहसँग पनि बस्ने हाम्रो कार्यक्रम छ,’ उनले भने, ‘अन्य पार्टीका साथीहरु र प्रशासनसँग पनि छलफल गरी जिल्लालाई कसरी अघि बढाउने भन्ने बारेमा नेपाली काँग्रेस गोरखाले आफ्नो स्पष्ट धारणा सार्वजानिक गर्छ । हाम्रो पार्टीको माथिल्लो निकायमा पनि प्रतिवेदन बुझाउछौं, केन्द्र र प्रदेश सरकारलाई पनि नेपाली काँग्रेस गोरखाले आफ्नो सुझाव पठाउने छ ।’
आवाज उठाइदिन काँग्रेससँग व्यवसायीको आग्रह
गोरखाको व्यापार व्यवसायी चौपट भएको भन्दै आबाज उठाइदिन व्यवसायीले काँग्रेसलाई आग्रह गरेका छन् । ‘देशको आर्थिक मेरुदण्डको रुपमा रहेको व्यापार व्यवसायका लागि सरकारले हेर्नुपर्ने हो, तर केही गर्न सकेको देखिदैन, कर्जा तिर्न नसकेर घर खेत बेच्नुपर्ने अबस्था आइसेको छ,’ गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले भने, ‘हामीलाई व्याजमा छुट दिनुपर्छ र तिर्ने अबधी पनि बढाउनु पर्छ, असार मसान्त भित्र हामी लोनको किस्ता र कर दुबै तिर्न सक्ने अबस्थामा छैनौं ।’ जिल्लामा तत्काल खाद्यन्न अभाव नरहेपनि लामो समय धान्न नसक्ने उनको भनाई छ । ढुवानीका लागि सरकारले अनुमती दिएपनि सहज नभएको श्रेष्ठले बताए ।
कोरोना प्रतिकार्यको लागि जिल्लामा गठन भएको कमाण्ड पोस्ट प्रति पनि व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । केही कमचारी बसेर गरेको निर्णयले जिल्लाको समस्या समाधान गर्न नसक्ने भन्दै उनीहरुले सरोकारवाला सबैलाई समेटेर समिति बनाउनुपर्ने माग राखेका छन । ‘होटल तथा रेष्टुरेन्ट व्यवसाय, कपडा तथा फेन्सी, बस व्यवसाय लकडाउनको बढि मारमा परेका छन,’ चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले भने, ‘घर भाडाको विषयमा पनि उचित निर्णय गर्नुपर्ने माग व्यवसायी साथीहरुको छ । यसबारमा पनि हामीले छलफल गर्नुपर्छ ।’ लकडाउनका कारण अहिले गाउँ आएका मानिस र भोली देश विदेशबाट फर्केन मानिसहरुलाई कृषि, उद्योग धन्दा, बिकास निर्माण व्यापार व्यवसायमा लाग्ने वातावरण राज्यले बनाउन पर्ने व्यवसायीले सुझाव दिएका छन् ।
जिल्लामा अत्यावश्यक औषधीको अभाव नरहेको औषधी व्यवसायी संघले बताएको छ । तर नियमित उपचार गराउनु पर्ने दिर्घरोगीको अबस्था भने नाजुक रहेको संघका जिल्ला अध्यक्ष संगमबाबु श्रेष्ठले बताए । ‘दिर्घरोगीहरुलाई निकै गाह्रो भएको छ । पासको झण्झटका कारण उहाँहरु स्वास्थ्य संस्था सम्म आउन सक्नु भएको छैन्,’ उनले भने, ‘हाम्रा सम्र्पकमा आउनु भएकाहरुलाई बिना एक्ट्रा चार्ज घरमै औषधी पु¥याइदिएका छौं ।’ सदरमुकामका अलवा पालुङ्टार, भच्चेक, बारपाक र मान्बु सम्म पनि औषधी पु¥याइएको उनले बताए । सरकारले कोरोना प्रतिकार्यमा खटिएका सरकारी स्वास्थ्यकर्मी लाई प्रोत्साहन भत्ताको व्यवस्था गरेको तर नागरिकको स्वास्थ्यका लागि अहोरात्र लागिरहेका निजि क्षेत्रका स्वास्थ्यकर्मीका लागि केही पनि सहुलियत नदिएको श्रेष्ठको गुनासो छ । त्यसको आवाज उठाइदिन उनले आग्रह गरेका छन् । उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले कोरोना परीक्षणकोे दायरा बढाएर सिमा क्षेत्रमा कडाई गर्ने हो भने गोरखामा लकडाउन खुकुलो पार्न सकिने बताए । यसैगरी अर्का उपाध्यक्ष भगवानबाबु मास्केले भने सरकारी निकायले कोरोना प्रतिकार्यका लागि खर्च गरेको रकमको पारर्दशिता माथि शंका गरेका छन् । ‘जिल्लामा कति पैसा आयो, स्वास्थ्य सामाग्री खरिद, क्वारेन्टिन बनाउन कति पैसा खर्च भयो त्यो सबै सार्वजानिक गर्नुपर्छ,’ उनले भने ‘खर्च प्रक्रिया पारर्दर्शी हुनुपर्छ ।’आइतबार देखि खुकुलो पारिएको लकडाउनले सर्वसाधरणलाई लाभ दिन नसकेको धारणा राखेका छन् । सदरमुकाम आसपासका पहुँचवालाले बैंकसम्म आएर पैसा निकाल्न सकेपनि यातायातको व्यवस्था नरहेकाले गाउँका सर्वसाधरण बैंकसम्म आउनसक्ने अबस्था उनीहरुको जोड छ ।
प्रेस युनियनका अध्यक्ष नरेन्द्र ढकालले जिल्लाको उत्पादनको निकासीका लागि उचित व्यवस्था गर्नुपर्ने धारण राखेका छन् । ‘गण्डकी गाउँपालिकामा उत्पादन भएको काक्रो नबिकेर किसानले यसै फाल्नु पर्ने अबस्था आयो, अन्य तरकारीले पनि राम्रो बजार पाइरहेको छैन्,’ उनले भने, ‘लकडाउन अघि जिल्लामा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय अहिले पुरै धरासायी भएको छ । अब गोरखामा मासु र अण्डाको अभाव हुन सक्छ । त्यसैले कृषि र पशुपालनलाई व्यवस्थित गर्न सरोकारवालाहरुले उचित पहल गर्नु जरुरी छ ।’ काठमाण्डौंमा रहेका सर्वसाधरणलाई जिल्लामा ल्याउन काँग्रेसले केन्द्र सरकारसँग आवश्यक समन्वय गरी स्थानीय सरकारलाई सघाउनु पर्ने उनले बताएका छन् ।
छलफलमा सहभागी सरोकारवालाहरुले मुलुकको एक जिम्मेवारी पार्टी र प्रतिपक्षी दलको नाताले व्यापारी व्यवसायीको समस्या संसदमा समेत पु¥याइदिन आग्रह गरेका थिए । काँग्रेसको अर्थ विभागका सदस्य र पूर्व अर्थमन्त्रीहरुसँग सम्र्पक गरी जिल्लाका व्यवसायीहरुको समस्या बारे जानकारी गराउने सभापती घलेले प्रतिवद्धता व्यक्त गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *